फोक्सोजस्तो देखिने बेलाको नेकलेसको विश्वभर चर्चा
काठमाडाैं, ३० असार २०७८ ।
मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा पहिरिएकी थिइन् ।
यतिबेला उनको लुक्स भाइरल भइरहेको छ । फिल्म फेस्टिबलको दोस्रो दिन रेड कार्पेटमा सुपरमोडल बेला कालो ड्रेसमा देखिइन् । उनले लगाएको ड्रेस अचम्मको थियो ।
अझ हेर्न लायकको त पहिरिएको नेकलेस थियो । २४ वर्षकी बेलाले मानिसको फोक्सोजस्तै देखिने सुनको आकर्षक नेकलेस लगाएकी थिइन् । उक्त नेकलेस डानियल रोजबेरीको कलेकसनबाट लिइएको थियो यो लुक्सको अहिले संसारभर चर्चा चलिरहेको छ ।

मानसी मेट्राेन्युजखबरसँग आवद्ध सञ्चारकर्मी हुनुहुन्छ । उहाँले विशेषतः जीवनशैली र प्रकृतिकाे विषयमा समाचार, लेख लेख्नुहुन्छ ।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।