मनपर्ने उम्मेदवारलाई मत दिनुहोला : उपमेयरकी प्रत्याशी डंगोल

नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरको उपमेयरकी प्रत्याशी सुनिता डंगोलले मतदातालाई आफ्नो अधिकारको सदुपयोग गर्न आग्रह गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन सुझाव दिनुभएकाे छ । स्थानीय तहकाे निर्वाचनमा आफ्नाे मताधिकार प्रयाेग गर्नुभएपछि उहाँले यस्ताे भन्नुभएकाे हाे ।
काठमाडौं महानगरपालिका वडा नम्बर २१ फसिगाँ लगनटोलमा डंगाेलले शुक्रबार बिहान साढे ८ बजे मतदान गर्नुभएकाे हाे।
बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म स्थानीय तह निर्वाचनमा मतदानका लागि समय तोकिएको छ।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।