काठमाडौं । सहिद सप्ताहको छैठौं दिन शोभाभगवती विष्णुमति नदी किनारमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।
श्रद्धाञ्जली सभामा बोल्ने क्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने बताए। व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदलाई हामी चीरकालसम्म सम्झना गरिरहन पूर्ण कदको शालिक निर्माण गराएका बताए । सहिद गंगालालको नाममा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता गरेके भन्दै मेयर शाक्यले माघ १६ गते धर्मभक्तको जन्मस्थल नजिक ओमबहालमा धर्मभक्त माथेमा पार्क उद्घाटन गर्ने जानकारी दिए । सहिदको योगदानलाई चीर स्मरणीय बनाउन भौतिक पूर्वाधार, सुन्दर पार्क निर्माण तथा अन्य भौतिक संरचना र सेवासँग सहिदको नाम जोड्दै लगिने मेयर शाक्यले बताए ।
जनताका मागअनुसार देशलाई स्वतन्त्र बनाउने कार्यमा अघि बढ्दा राणाविरोधी भएकोले मृत्युदण्ड दिएको कुरा महानगरका उपप्रमुख हरिप्रभा खड्गीले बताए । उनले दशरथलाई पहिले खुट्टामा गोलि हिर्काएको र उनले सक्छ भने छातिमा हिर्का भनेपछि छातिमा गोलि हानी मृत्युदण्ड दिएको बताए । देश बनाउने सबै राजनेताहरुलाई पनि कसैले बिर्सनु नहुने बताउँदै राजनीतिक परिवर्तनसँग सहिदको सपना अन्तरसम्बन्धित भएको श्रेष्ठले स्पष्ट पारे । बिकासबाट मुलुकलाई समृद्ध बनाउन र नागरिकलाई खुसी बनाउन सहिदको सपना सम्झना गर्दै निर्भीक भएर जिम्मेवारी पूरा गर्ने उपप्रमुख श्रेष्ठले बताए ।
सभामा सम्बोधन गर्ने क्रममा संघीय सांसद जीवनराम श्रेष्ठले चार जना सहिदहरुकै कारण आज जनताहरु विभिन्न पदमा बसी देश हाक्न अवसर पाएको बताए । उनले सहिदहरुले तानाशाहको युगबाट स्वतन्त्र युगमा पु¥याएको तर, अहिलेसम्म पनि बर्गीय विभेदको खादल पुर्न बाँकी भएको बताए । गतवर्षको कार्यक्रममा बोलेको कुरा पुर्णकदको सालिक स्थापना गरी पुरा गरेकोमा श्रेष्ठले मेयर शाक्यलाई बधाई पनि दिए । साथै शोभाभगवतिको सार्वजनिक जग्गालाई संरक्षण गरेर सहिदपार्क बनाउने श्रेष्ठले बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं १५का अध्यक्ष ईश्वरमान डंगोलले १९९७ साल माघ १५ गते निरंकुश शासकहरुले गोली हानी मृत्युदण्ड दिएका सहिदद्वय सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले आफ्नो जीवनको आहुती दिएकै कारण आज हामीहरु प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रका स्वतन्त्र नागरिक भएको बताए । भावी पुस्ताको निमित्त हाँसी हाँसी मृत्युदण्ड स्वीकार गरेका सहिदप्रति नमन गर्दै देसकालागि सबैजना उतरदायी हुनुपर्ने बताए । सहिदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने खाँचो भएके बताउँदै डंगेलले विकृत सोचले समस्या सृजना हुने र अव सामुहिक हितका लागि सोच राखेर यसबाट प्राप्त परिणामले सहिदको सपनामा योगदान पु¥याउने बताए ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी तथा जनसाधारण सहभागीता थियो। वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ खर्च गरेर शालिक निर्माण गराएको हो । यस कार्यका लागि जगसहित करीब १८ लाख रुपैयाँ खर्च भएको छ । शालिक महेश तुलाधरले निर्माण गरेका हुन् ।
हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।