बासु शाहीको निर्देशनमा बहिदार बाबु फिल्म बन्ने लागेको छ । पाटनको अक्षयश्वर महाविहारमा एक कार्यक्रम बीच माघ २५ गते शनिबार फिल्मको शुभ मुहूर्त भयो ।
कार्यक्रममा हाँस्य कलाकार राजाराम पौड्यालले क्यामेरा अन गरे भने वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले क्ल्याप दिए ।
शुभ मुहूर्त साइतको नरिवल फिल्म निर्माता हरि घेमोसुले फोडे । सुकुन्दा फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मलाई नेपाली भाषामा पनि डबिंग गर्ने निर्देशक शाहीले जानकारी दिए ।
मल्टिस्टार फिल्मको रुपमा प्रदर्शन हुने यो फिल्ममा कलाकार लक्ष्मी गिरी, राजाराम पौड्याल, रवि डंगोल, सुरेन्द्र के सि र सुशील पोखरेलसँगै बाशु शाही, हरि घेमोसु र शोभा महर्जनलगायतका भूमिका हुनेछ ।
सिनेमाटोग्राफि र एडिटिंग सोहन मानन्धरले गर्नेछ भने यस फिल्ममा सावनदेव श्रेष्ठको संगीत र लक्ष्मण सेन्चुरीको एक्सन हुनेछ ।