गोङ्गबु आवास क्षेत्रमा नमूना पानी पुनभरण प्रणाली शुभारम्भ

एक बर्षका करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा

ग्वंगःबुँ आवास क्षेत्र सुधार समितिका स्थानीय तथा एकीकृत सहरी विकास केन्द्रको प्राविधिक सहयोगबाट पानी पुनःभरण प्रणाली शुभारम्भ भएको छ ।

काठमाडौं महानगरपालिका २६ वडास्थित आवास क्षेत्रको ग्वंगःबुँ दबुलीमा जडान गरिएको उक्त प्रणाली महानगर प्रमुख विद्यासुन्दर शाक्यले फागुन ६ गते मंगलबार शुभारम्भ गरेको छ । ‘पानीको समस्यासँग जुधिरहेका सहरबासीले यसको परिणाम महसुस गर्न सक्नुहुनेछ’, मेयर शाक्यले भने ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भने, ‘परम्परागत रुपमा बनाइने इनार र ढुङ्गेधारा जोगाउन नसक्दा काठमाडौं पानीसँग सम्बन्धित वातावरणीय र व्यवस्थापकीय समस्यामा परेको बताए । पानीको समस्याबाट सहरबासीलाई राहत दिन रिचार्ज काठमाडौं थालिएको हो ।’

प्रणालीको शुभारम्भ गर्दै महानगर प्रमुख शाक्यले भने, ‘यो नमूना योजनाबाट प्राप्त नतिजाको मूल्यांकन गरि महानगरको सबै वडा र सार्वजनिकसँगै खुल्ला जग्गामा पानी पुनःभरण प्रणाली राखिने छ ।’

यस प्रणालीमा १ रोपनी जग्गामा जम्मा भएको पानी जमीन मुनि पठाउने व्यवस्था गरिएको छ । जग्गामा टहरा र खाली ठाउँ छ । टहरामा आकासे पानी संकलन विधि पनि जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *