काठमाडौं । नेपाली सेना श्रीमती संघ, समाजसेवी तथा नेपाली सेनाको छाउनीस्थिति रेञ्जर रेजिमेन्टबाट रासनको सहयोग गरेको छ ।
आजै रेञ्जर रेजिमेन्टका गणपति राजेश बिक्रम शाहीलगायतका टिमले १५ वडाध्यक्ष ईश्वरमान डंगोललाई २० बोरा चामल सहयोग गरेका छन् ।

संघीय सांसद जीवनराम श्रेष्ठ, वडासदस्य निमा घ्याम्छो तामाङ, आनन्दराम गौतम, मैयालक्ष्मी महर्जन, अनिता परियार, स्थानीय वडाका सर्वदलीय सदस्यहरु तथा स्वयम् सेवकको उपस्थितिमा रासन हस्तान्तरण भएको हो ।

हरेक विहान ११ बजेदेखि २ बजेसम्म खाना ख्वाउँदै गरेको र आज १८६ जनाले खाना खाएको वडाध्यक्ष डंगोलले जानकारी दिए ।
काठमाडौं महानगरपालिका १५ वडाबाट असाहय, विपन्न तथा दैनिक ज्याला मजदुरहरुलाई भुइखेलमा खाना ख्वाउँदै आएको हो ।
१५ नं. वडाकार्यालय, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय संघसंस्थाको सहयोगमा उक्त खाना ख्वाउने कार्यक्रम सञ्चालन गदै आएको जानकारी दिए ।
सरकारबाट घोषणा भएको लकडाउनका कारण दैनिक गुजारा गर्न गाह्रो भएका वडावासीहरुलाई राहत वितरण गर्दै आएको थियो । पहिलो चरणको राहत वितरण सकेको र दोश्रो चरणको सुरु नभएको परिस्थितिमा दैनिक खाना खाने व्यवस्था गरेको १५ वडाध्यक्ष ईश्वरमान डंगोलले बताए ।