वडा ५या अध्यक्ष रमेश डंगोल लिसें ३९ म्हेसिया रिपोर्ट नेगेटिभ

सनसिटीका कोरोना संक्रमितको सम्पर्कमा पुगेका महानगरका ३९ जनाकै र्यापपिड टेस्ट रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना भाइरस संक्रमितको सम्पर्कमा पुगेका ५ नं. वडाका जनप्रतिनिधिहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।

सनसिटी अर्पाटमेन्टमा बस्ने संक्रमित बेलायतबाट नेपाल फर्किएपछि गत चैत ९ गते वडा कार्यालयमा गएका थिए । छोरीको जन्मदर्ता गर्न आएका उनीहरूले वडाध्यक्षसंग चियासमेत खाएका थिए ।

‘उनिहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएका थिए ।’ कामपा वडा नं. ५ का अध्यक्ष रमेश डगोलले भने, ‘चैत ९ गते १२ बजेतिर वडामा दुबै जना बुढाबुढी आएका थिए । उनिहरुको काम सकेपछि चिया खाएर गए । ’

उनिहरुमा कोरोना पोजेटिभ देखिएपछि जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैको र्याापिड टेस्ट गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको ५ नं. वडाध्यक्ष डंगोलले बताए ।

काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले ३९ जनाको र्यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ । आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी सिलवालले दिए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आज र्यापिड टेस्ट गरेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

उता सनसिटीमा र्या पिड टेस्टमा पोजेटिभ रिपोर्ट आएका महिलालाई दोश्रो पटकको पिसिआर टेस्टको रिपोर्ट पनि नेगेटिभ आएको समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *