वडास्तरीय निःशुल्क भोजन व्यवस्थापनको अनुगमनमा मेयर शाक्य

खान नपुग्नेलाई खान दिन्छौं, खाद्यान्न किन्न सक्नेलाई सहज बजार बनाउँछौं — मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बडास्तरीय निःशुल्क भोजन व्यवस्थापनको अनुगमनलाई तीब्रता दिनुभएको छ । यस क्रममा आज वडा १५ को भुइँख्ेलमा पुगेर अवस्थाका बिषयमा जानकारी लिनुभयो । भोजन व्यवस्थापनका विषयमा प्रमुख शाक्यलाई वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी गराउनुभएको थियो ।

निःशुल्क भोजन व्यवस्थापनसँगै प्रमुख शाक्यले वडा भएका खाद्यान्न, तरकारी र औषधि पसल सञ्चालनका बारेमा जानकारी लिनुभयो । यसपछिको प्रतिक्रियामा उहाँले भन्नुभयो — खाद्यान्न किन्न सक्ने अवस्था नभएकालाई निःशुल्क भोजनको व्यवस्था गरौं । किन्न सक्ने क्षमता भएकाहरुका लागि सहज बजारको पहुँच बनाउन सहजीकरण गरौं ।

यस क्रममा वडाध्यक्ष एवं प्रवक्ता डंगोलले — वडा १५ ले दैनिक औसतमा ५ सय व्यक्तिलाई निःशुल्क भोजन गराउँदै आएको जानकारी गराउनुभयो ।

DSC_1708

अनुगमनका क्रममा प्रमुख शाक्यले आज सरीर निसंक्रमण द्वारको शुभारम्भ गर्नुभएको थियो । वडा नं १५, भुईखेलमा निशूल्क भोजन गर्न आउनेहरुलाई संक्रमणबाट बचाउन द्वारको प्रयोग शुभारम्भ गर्नुभएको हो । यसको निर्माणका लागि वडा १५ को लगानी रहेको छ भने गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोग गरेका छन् । यसलाई इ.एम. मिस्ट द्वार नाम दिइएको छ । यस द्वारमा इफेक्टिभ माइक्रो अग्र्यानिजम (इ.एम.) झोल स्प्रे हुन्छ । शरीर भरि रहेका सुक्ष्म जीवाणुलाई निष्क्रिय पार्छ । इ.एम. विभिन्न उपयोगी सुक्ष्म जीवाणुको मिश्रण भएको झोल हो जसले हानीकारक सुक्ष्म जीवाणुहरुलाई नष्ट गर्छ । यसमा अन्य रसायनजस्तो मानव स्वास्थ्यलाई हानी गर्ने वा अन्य नकारात्मक प्रभाव पार्ने हुँदैन ।

निःशुल्क भोजन गर्ने ठाउँमा हातको सट्टा खुट्टाले थिचेर साबुन पानी आउने व्यवस्थासहितको हातधुने ठाउँ बनाइएको छ । धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्युनीकरण गर्न वाटर एडको सहयोगमा गुथिले निर्माण गरेको हो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *