नेपाल विद्युत प्राधिकरणले कोरोना भाइरसका कारणले उत्पन्न परिस्थितिलाई मध्यनजर गरि विद्युतीय महशुलमा २० प्रतिशत छुट दिएको छ ।
नेपाल सरकारले जारी गरेको आदेश र निर्देशनको आधारमा प्राधिकरणले विद्युतीय महसुलमा छुट दिन चैत १९ गते सम्बन्धित निकायलाई परिपत्र जारी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार वितरण र ग्राहक सेवा निर्देशनालयलाई सर्कुलन जारी गरी निर्देशन दिएको हो । सर्कुलरमा चैत १४ गते बसेको प्राधिकरणको सञ्चालक समितिका निर्णयअनुसार १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको न्यूनतम सेवा शुल्क यथावत रहेन गरी विद्युत खपत खपतको इनर्जि शुल्कमा २० प्रतिशत छुट दिनेलाई निर्देश गरिएको छ ।
निर्णयअनुसार १५० युनिटभन्दा माथि जतिसुकै विद्युत खपत गर्ने सिंगल फेज वा थ्रि फेजका ग्राहकको न्यूनतम सेवा शुल्क यथावत रहेन गरी विद्युत खपतको इनर्जि शुल्कमा अधिकतम १५० युनितको २० प्रतिशत विद्युत महसुल छुट दिन भनिएको छ ।
