लकडाउनको समयमा रगतको अभाव हुन नदिन कामपा १५ वडाको चागलमा रक्तदान कार्यक्रम

कोरोनाका कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन काठमाडौं चागल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा चागल निवासी राकेश कर्माचार्यको संयोजकत्वमा चैत २१ गते शुक्रबार भक्तपुरको रेडक्रस सोसाइटी मार्फत रगत संकलन गरिएको थियो। कामपा १५ वडाको चागल, लखतिर्थ र धुम्बाखेलका १३ जना स्थानीयले रक्तदान गरका छन् ।

हाल कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा विश्वलाई नै आतङ्कित पारिरहेको छ । यस्तो अवस्थमा संक्रमणकाे महामारीबाट बच्न नेपाल सरकारले लकडाउनको घोषणा गरेको हो ।

‘लकडाउनको समयमा रगतको अभाव भएको फेशबुकमार्फत जानकारी पाएकोले चागल, लखतिर्थ र धुम्बाखेलको साथीहरुलाई रक्तदानको लागि अपिल गरे ।´ राकेश कर्माचार्यले बताए, ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा भक्तपुर रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरको हो ।’

सो अपिललाई सहर्ष स्वीकार्दै स्थानीयले घरमै आएर रक्तदान गरेकाे कर्माचार्यले बताए ।

‘यस्तो महामारीको अवस्थामा रगतको अभावले थप कसैको ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको अयोजना गरेको हो ।’ कर्माचार्यले प्रस्त पारे ।
यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर कार्यक्रम गर्दा सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान सम्पन्न गरेको कर्माचार्यको दावी छ ।
पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ ।

लकडाउनको समयमा रगतको अभाव हुन नदिन रक्तदान गरेका व्यक्तिहरुको नामावली यस प्रकार छन् :

  • लक्ष्मण शाही
  • नविन्द्रमान सिं
  • अर्जुन महर्जन
  • मीरा कर्माचार्य
  • मंगल महर्जन
  • आदर्श विक्रम शाही
  • सुशिल रत्न तुलाधर
  • प्रगुन महर्जन
  • लोचन थापामगर
  • युनिक मान डंगोल
  • आयुष राज बलामी
  • प्रकाश अमात्य
  • विनय मुनिकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *