साँखुको बज्रयोगिनी जात्रा स्थगित, रणबहादुरको शासनकालमा विफरको महामारीमा पनि रोकिएको

कोरोनाको संक्रमणको खतरालाई ध्यानमा राखेर यसपालीको बज्रयोगिनी उग्रतारा जात्रा स्थगित गरेको छ । हाल कोरोना भाईरस ९कोभिड १९० ले महामारीका रुपमा विश्वलाई नै आतङ्कित पारिरहेको छ । यस्तो अवस्थमा संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले लकडाउनको घोषणा गरेको हो । सोही लकडाउनलाई मध्येनजर गरी कोरोना संक्रमण फैलन नदिन जात्रा रोकिएको हो ।
बज्रयोगिनीको जात्रा हरेकवर्ष चैत्रशुक्लपूर्णिमा देखि आठ दिनसम्म मनाइन्छ । यो जात्रा कालिगत संवत् १८१८ मा राजा शंखदेवको शासनदेखि चलिआएको विश्वास गरिन्छ । यो जात्रामा बज्रयोगिनी उग्रतारा देवीसँगै चैत्य, सिंहीनी, ब्याघ्रिनी मूर्तिलाई खटमा राखी साँखु नगर परिक्रमा गराइन्छ ।
तीनहजार तीनसय वर्ष पुराना इतिहास भएको यो जत्रा अहिलेसम्म तीनपटक मात्र स्थगित भएको पाइन्छ । पहिलो वि.सं. १९७० मा बज्रयोगिनी देगलमा आगलागि हुँदा, दोस्रो रणबहादुरको शासन कालमा विफरको माहामारी हुँदा जात्रा रोकिएको इतिहास छ । र अहिले कोरोना कोभिडको संक्रमण फैलन नदिन जात्रा रोकिएको छ ।
यसपालि जात्रा नगरिकन गर्नैपर्ने पुजामात्र गरिने जानकारी प्राप्त भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *