काठमाडौं, चैत २२ ।
नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
केही दिन बिराएर एक एक जना मात्र कोरोना भाइरस संक्रमित फेला परिरहेको अवस्थामा आज शनिबार एकै पटक तीन जना संक्रमित फेला परेको पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१
वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।
३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि स्वास्थ्य मन्त्रालयले जानाएको छ ।
योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।