खेलाडीका लागि मनोवैज्ञानिक कक्षा सुरु

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउनमा रहेको खेलाडी तथा प्रशिक्षकका लागि अनलाइन मनोवैज्ञानिक कक्षा सञ्चालन गरेको छ ।


नेपाल ओलम्पिक कमिटी (एनओसी) ले लकडाउनका कारण खेलाडी तथा प्रशिक्षकहरुको शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम राख्न यो मनोबैज्ञानिक कक्षा सञ्चालन गरको हो ।


लकडाउनका कारण खेलाडीहरुको प्रशिक्षण बन्द भएको परिस्थितिलाई मध्यनजर गरी यो कक्षा स्पोर्ट्स साइकोलोजी कमिसनका अध्यक्ष इन्द्र गरुङले सञ्चालन गरेका थिए ।


एकसाता सञ्चालन हुने यो कक्षामा ओलम्पिक कमिटीबाट छात्रवृत्ति पाएको खेलाडी, वाईल्ड कार्डका उम्मेद्वारी र प्रशिक्षकहरुको सहभागिता रहेको छ ।


कोरोनाभाइरस सङ्क्रमणबाट बच्न विश्वभर चालिएका प्रयासका क्रममा जापानमा यो वर्ष हुने टोक्यो ओलिम्पिक एकवर्ष पर सारीसकेको छ ।


कोरोनाको कारण सरकारले नेपालमा गत ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो । त्यसयता खेलाडीहरु घरभित्रै रहेका छन् । जसका कारण उनीहरुलाई मानसिक, शारिरिक रुपमा फिट राखि राख्नका लागि एनओसीले कक्षा संचालन गरेको हो ।


यस कार्यक्रमसँगै कोरोनाको संक्रमणबाट सुरक्षित राखी घरमै प्रशिक्षकको निगरानीमा खेलाडीहरुको स्वास्थ्यलाई तन्दरुष्ट राख्ने कार्यलाई पनि निरन्तरता दिइने एनओसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *