श्री दिगुख्यः गुथिबाट असनमा रक्तदान कार्यक्रम सम्पन्न


श्री दिगुख्यः गुथिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वभर फैलिरहेको कोरोना संक्रमणका कारण भइरहेको लकडाउनको कारण रगतको अभाव हुन नदिन आइतबार विहान काठमाडौंको असन दोबाटोमा उक्त रक्तदान कार्यक्रमको अयोजना भएको हो ।

ब्लड डोनर्स एसोसियसन अफ नेपाल (व्लोदान) को इमरजेन्सी डोर टु डोर कार्यक्रमलाई सहयोग गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान नै जीवन दान हो भन्ने मानवीय भावनालाई अपनाउँदै रक्तदाताहरुले रक्तदान गरे ।

ब्लोदान काठमाडैं जिल्ला सचिव अनिल रत्न तुलाधरको सक्रियतामा श्री दिगुख्यः गुथिका उपाध्यक्ष तारावीर सिंह तुलाधरको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

ब्लोदानबाट आजको यो परिस्थितिमा रक्तदानमा सक्रियता देखाएमा गुथिबाट पच्चीस हजार सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको थियो ।

रक्तदान एउटा मानवीय भावनालाई अझ उजागर गर्ने आधार समेत भएकोले यो मानव–मानव बीच आ–आफ्नो सदभाव कायम राख्ने काम पनि यसबाट भइररेको छ ।

मानिसको चित्तमा लोक कल्याण भावनालाई उच्चस्थानमा राख्ने काम भइराखेमा मात्र देशमा हितकारी काम गर्न सहयोग हुने आधार भइरहन्छ । साथै यस किसिमको कार्यक्रमले मानिसमा मानवीय भावना प्रकट भई सेवा गर्ने अवसर पनि जुराउने कार्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *