नेवाः देय् दबूको आयोजनामा नेवाः संस्कार विषयक वेभिनार सम्पन्न भएको छ ।
नेवाः संस्कार र संस्कृतिमा आएको विकृतिले गर्दा नेवाः सभ्यता संकटमा परिरहेको छ ।
यहिकुरालाई मध्यनजर राखी जेठ २० गते मंगलबार दिनको ३ बजे वेभिनार सुरु गरिएको थियो ।
नेवाःहरुको संस्कारलाई बचाउन सकेन भने यसले नेवाः अस्तित्वलाई समेत अन्त पार्नेछ ।
नेवाः समुदायको संस्कारको जागरुकता बढाउन यसको बारेमा गहिरो अध्ययन र बुझ्न पर्नेभएको यो वेभिनार सुरु गरेको आयोजकले बताए ।
यस वेभिनारमा व्याकरणाचार्य गजानन्द राजोपाध्यायबाट अनलाइन भर्चुअल सम्वाद गरे ।
राजोपाध्ययले नेवाःहरुले अपनाइरहेको दशकर्म संस्कारको बारेमा विशेष जोड दिएर प्रष्ट पारे ।
वेभिनारमा भागलिने महानुभावहरुको विभिन्न जिज्ञासा तथा प्रश्नको उत्तर पनि उनले दिएका थिए ।
विभिन्न जिल्लाबाट उत्साहजनकरुपमा भाग लिएकाहरुलाई दशकर्म संस्कारको बारेमा बुझाउनुको साथै यसलाई दरिलो तवरले अघि बढाइ राख्न देय् दबूबाट पहल हुनुपर्ने बताए ।
नेवाः देय् दबूका अध्यक्ष नरेश कुमार ताम्राकारको सभापतित्वमा दबूका महासचिव माइला बाबु द्यःलाबाट सुरु भएको यस वेभिनारमा करीव पचास जनाभन्दा बढीले भाग लिएको थियो ।
यस विषयमा थप सम्वाद कार्यक्रम जेठ २१ गते बुधवाः दिनको ३ बजे हुने आयोजक दबूबाट जानकारी प्राप्त भएको छ ।