नारायण मन्दिर टोल सुधार समिति समाजको आयोजनामा रक्तदान (फाेटाे फिचर)

कोरोनाका कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन काठमाडौं थाय्मदु (बांगेमुढा) क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा नारायण मन्दिर टोल सुधार समिति समाजको आयोजना आज भक्तपुरको रेडक्रस सोसाइटी मार्फत रगत संकलन गरिएको थियो।

हाल कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा विश्वलाई नै आतङ्कित पारिरहेको छ । यस्तो अवस्थमा संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको हो ।

विभिन्न रोगीहरुको लागि रगतको अभाव हुन नदिन इमरजेन्सी डोर टु डोर रगत संकलनको अवधारणालाई अपनाउँदै रगत संकलन गरिरहेको ब्लड डोनर्स एसोसियसन अफ नेपाल ९व्लोदान० काठमाडौंका सचिव अनिलरत्न तुलाधर ‘नेवाः’ले जानकारी दिए ।

‘हामीले नगरे कस्ले गर्छ, अहिले नगरे कहिले गर्ने ? भन्ने भनाईलाई अंगाल्दै युरोपतिरको रगत संकलन गर्ने अवधारणा नेपालमा पनि अपनाउँन सकिन्छ भनेर यस्तो डोर टु डोर रगत संकलनको कार्यक्रम सुरु गरेको हो ।’ तुलाधारले भने, ‘चैत १४ गते देखि सुर गरेको डोर टु डोर कार्यक्रमको आज ८४ औं क्याम्प हो ।’

५५ सय पिनभन्दा बढी रगत बितरण गरिसकेको बताउँदै यो सबै लकडाउनको अवधिभर संकलित रगत मात्र भएको तुलाधरले प्रष्ट पारे ।

पहिलो क्याम्प चैतको १४ गते कीर्तिपुरमा जम्मा १० जना रक्तदाताको रगत संकलन गरी सुरु गरेको सम्झदै उनले भने, ‘यो डोर टु डोर क्याम्प काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुर च्याप्टरको निरन्तर सहयोगबाट आज ८४ औं क्याम्पसम्म आउने सकेको हो ।’

लकडाउनको समयमा रगत दिनाले इम्यूनिटी पावल घट्ने जनमानसमा भ्रम फैलिएको र यस्तो भ्रममा नपर्न पनि उनले अनुरोध गरे । रगत दिएको दुइघण्टाभित्र नै रक्तदाता पहिलै जस्तै फिट एण्ड फाइन भइसक्ने उनले भने ।

‘लकडाउनको बेला रगतको अभावले कुनै पनि बिरामीले आफ्नो देहत्याग्नु नपरोस् भन्ने उद्देश्यलाई टेवा दिन आजको रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।’ नारायण मन्दिर टोल सुधार समिति समाजका प्रतिनिधि सञ्जय महर्जनले भने, ‘रक्तदान एउटा मानवीय भावनालाई अझ उजागर गर्ने आधार समेत भएकोले यो मानव–मानव बीच आ–आफ्नो सदभाव कायम राख्ने काम पनि यसबाट भइररेको छ ।’

ब्लड डोनर्स एसोसियसन अफ नेपाल (व्लोदान) को इमरजेन्सी डोर टु डोर कार्यक्रमलाई सहयोग गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *