संस्कृतभाषा शिक्षा व मातृभाषा शिक्षा विषयक सम्वाद

नेवाः देय् दबूको आयोजनमा जेठ १९ गते सोमवार ‘संस्कृत भाषा शिक्षा र मातृभाषा शिक्षा’ विषयक भर्चुअल सम्वाद (वेभिनार) कार्यक्रम अनलाइनबाट सम्पन्न भएको छ ।

भर्चुअल सम्वाद (वेभिनार)मा वक्ताको रुपमा नेवाः देय् दबूको सल्लाहकार डा. पुष्पराज राजकर्णिकार, नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा.ओमकारेश्वर श्रेष्ठ र नेवाः वस्ती नेवाः स्कुल अभियानका अभियन्ता दिपक तुलाधरहरुले आ–आफ्नो विचार राखे ।

नेवाः वस्ती नेवाः स्कुल अभियानका अभियन्ता दिपक तुलाधरले आफ्नो धारणा राख्ने क्रममा राज्य सत्तामा बस्नेले यो भाषाको कुनै अनुभव नभएको कारणले विस्तारै यसप्रति माया पनि कम हुँदै गएको बताए ।

मातृभाषा शिक्षाको सवालमा शिक्षा मन्त्रालयबाट केहिपनि ध्यान नदिएको भन्दै तुलाधरले भने, ‘मातृभाषा भएका ठाउँमा अनुगमन नभएकोले अब अभिभावकहरुबाट नै कदम चाल्नु पर्ने हुन्छ ।’

नेवाः देय् दबू अध्यक्ष नरेश कुमार ताम्राकारको सभापतित्वमा दबूका महासचिव माइला बाबु द्यःलाले संचालन गरेको उक्त कार्यक्रममा अनार बज्राचार्य, अञ्जिता खडगी, गौरी गौरी उदास उदयपुरबाट, झापाबाट दिनेश शाक्य, सरिता डंगोल लगायतले नेपालभाषाया शिक्षाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । यस वेभिनारमा करीब ५० जनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *