दी प्याखं (देवी नाच) को क्यालेन्डर बिमोचन

२३ जेठ, काठमाडौं – दी प्याखं (देवी नाच) प्रवर्ध्दन तथा संरक्षण समितिले २०७७ सालको क्यालेन्डर बिमोचन गरिएको छ।

कामपा १८ वडाका अध्यक्ष न्हूछेकाजी महर्जन, दी प्याखं (देवी नाच)का गुरु इन्द्र डंगोलले किलागलको दी प्याखं द्यःछेँको प्रांगणमा क्यालेन्डर बिमोचन गरेका हुन्।

बिमाेचनमा वडा सदस्य शाेभा महर्जन, हेम शाक्य तथा दीप्याखंका परिवार उपस्थिति थियाे।

क्यालेन्डरमा इन्द्रजात्रा बेलाको १२ वटा विभिन्न दी प्याखं तथा इन्द्रजात्राका फोटोलाई समावेश गरिएको छ । दी प्याखं तथा इन्द्रजात्रालाई आन्तरिक एवं अन्तर्राष्ट्रिय रुपमा चिनाउने उद्देश्य यो क्यालेण्डर प्रकाशनमा ल्याएको क्यालेण्डर प्रकाशन उपकमिटीका संयोजक सुरेन्द्रमान डंगोलले बताए ।

दी प्याखंले हालै आफ्नो द्यःछेँ पुनःनिर्माण सुरु गरिसकेको छ । काठमाडौं महानगरपालिको सहयोगमा परम्परागत दीप्याखंको द्यःछेँ किलागलमा पुनःनिर्माण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *