२६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सहरको परोपकार पुलदेखि असन–जमलसम्म फुटपाथ पसल हटाउनेको लागि युवाहरुको एउटा समूह गठन भएको छ ।
किलागलको स्टार क्लबका अध्यक्ष चन्द्रकुमार महर्जनको संयोजकत्वमा गठन भएको जागरुक युवा समूह नामक उक्त समूहले परोपकार पुलदेखि मरु, प्याफल, नरदेवी, किलागल, जनबहाल, बांगेमुढा, असन, टेंगल, भोटाहिटी, जमल आदी ठाउँमा भएका सबै किसिमको फुटपाथ पसल हटाउने समाचार छ ।
यो समूहमा पसल हटाउने क्षेत्रका सबै क्लबका प्रतिनिधिहरु र वडा सदस्यहरु सदस्य हुने समाचार छ । समूहले सोमबार नै ब्यानरसहित उक्त क्षेत्रमा निरीक्षण गरी फुटपाथ पसल हटाउने र पछिदेखि पसल राखेको पाइएमा कडा कारवाही हुने जानकारी समेत दिएको छ ।
उक्त क्षेत्रमा पहिलेदेिख स्थानीय, नगरपालिका, वडाको समन्वयमा फुटपाथ पसल हटाउने कार्य भए पनि फेरी जबरजस्ती पसल राख्ने गरेको थियो । पहिलादेखि पसल राख्न दिने नीति भएको क्षेत्रमा अहिले कोरोनाको महामारीको समयमा पसल राख्न दिने भनेकाे सबैभन्दा जाेखिम भएको कुरा फुटपाथ पसल राख्न नदिन सक्रिय रुपमा लागिपरेका २४ वडा सदस्य बिनोद तुलाधरले बताए । अबदेखि उक्त क्षेत्रमा कुनै पनि हालतमा फुटपाथ पसल राख्न नदिने समूहको लक्ष्य भएको कुरा उनले बताए ।