खोकनामा सेनाले कब्जा गरेको बाँझो जग्गामा, सेना र प्रहरीको दिनभर अवरोधको बाबजुद दिनभरिमा ३ रोपनीमा खेत खनी धानको बीउ राखियो । – Perspective Alter

२६ जेठ, काठमाडौं । सेनाले कब्जा गरिएको खोकनाको जग्गामा स्थानीय जनताले रोपाइँ गर्न खेत खनेपछि विवाद भएको छ ।
निजगढदेखि काठमाडौं जोड्ने फास्ट ट्रायक निर्माणको लागि नेपालीले खोकनाको उर्बर भूमि आफ्नो कब्जामा लिएको थियो ।
खोकनाको उर्बर भूमिमा महामारीले अन्नको अभाव हुन नदिन खेत जोत्न ट्याक्टरसहित गएको स्थानीयहरुलाई सेनाले रोकेको हो ।
ललितपुर उपमहानगरपालिका २१ वडाका अध्यक्ष रविन्द्र महर्जनले भने ‘स्थानीय जनताले सेनाले कब्जा गरेको आफ्नो भूमिमा धान रोप्न पाउनुपर्ने भन्दै ट्याक्टरसहित खेत जोत्न खोजेको हो ।’
तत्काल खेत जोत्नु काम रोकेर वार्तापश्चात मात्र कुन हिसाबले अगाडि बढ्ने हो सल्लाह दिएको वडाध्यक्ष महर्जनले बताए ।
फास्ट ट्रायक आयोजनमा परेको जग्गामा गतवर्षपनि स्थानीय किसानहरुले धान रोप्न खोज्दा नेपाली सेनाले रोकको हो ।
स्थानीय जनताले खोकनामा फास्ट ट्रायक बनायो भने उक्त क्षेत्रको संस्कृतिमा नराम्रो असर पर्नेछ भन्दै फास्ट ट्रायकको विरोध गरिरहेको छ । आयोजनाले खोकनालाई जिरो प्वाइन्ट बनाएर सडक बनाउने कार्य गरिरहेको छ ।