२७ जेठ, काठमाडाैै । संसार नै आतंकित भैरहेको विषमकारी कोभिड १९ को कहर जनमानसमा जालो सरि अल्झिएको छ ।
लकडाउनको अवधि थप हुँदा कोभिड १९ बाट संक्रमितको संख्या पनि थपिने क्रम बढ्दै जादाँ सर्वसाधारण झन् अन्यौलमा परेका छन् ।
आजसम्म पनि यसको उपचार फेला नपरेको र यस कोरोनाबाट केवल बच्ने उपायभन्दा केहि गर्न नसकिने देखिएको छ ।
यसैक्रममा काठमाण्डौ महानगरपालिका अन्तर्गतको वडा नं. १३ मा कोभिड १९ बाट केहि हदसम्म भए पनि संक्रमित हुनबाट जोगिन औषधी छर्ने (सानेटाइज) गर्ने कार्य गरेका छन् ।
हेल्प लाइन क्लबको संयोजकत्वमा वडा नं. १३ मा ताहाचलबाट शूरु गरिएको कोभिड १९ न्यूनीकरण गर्न गरिएको सानिटाइज गर्ने कार्य विशेषत गल्ली गछेडाहरुमा गर्ने यस कल्बका अध्यक्ष किरण खड्गीले बताए ।
मूल सडकमा सजिलो रुपमा महानगर तथा अरु संस्थाहरुले सानिटाइज गर्ने आउने भएता पनि गल्लीहरु जहाँ यातायातका साधन पुग्दैनन् त्यस्ता ठाउँमा स्थानीय निकायले पनि ध्यान पुर्याउन नसकेको अवस्थालाई मध्यनजर गरि हेल्प लाईन क्लबले यो कार्य शुरु गरेकाे बताए ।
यस कार्यबाट कोभिड १९ जस्तो महामारी केहि हदसम्म न्युनीकरण हुने विश्वास स्थानीयवासीले लिएका छन् ।
यो कार्यलाई आउँदो साता सम्म सम्पूर्ण १३ वडा भित्र गरिने कुरा पनि यस क्लबका सदस्य अभिषेक खड्गीले बताए ।