२७ जेठ, काठमाडाैं । समुदाय प्रहरी साझेदारी कामपा १५ वडा समितिद्वारा महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई एक कार्यक्रम गरी विदाई गरेको छ ।
एकवर्षे कार्यकाल पुरा गरेका महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लालध्वज सुवेदीलाई समुदाय प्रहरी साझेदारी कामपा १५ वडा समितिका अध्यक्ष ईश्वरमान डंगोलले सम्मान पत्रका साथ विदाइ गरेका हुन् ।
महाविर रेञ्जर गणका गणपति कर्णेल राजेशविक्रम शाहीको प्रमुख आतिथ्यमा भएको उक्त विदाई कार्यक्रममा नवनियुक्त महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जन दत्त भट्टको पनि आतिथ्य थियो ।
कार्यक्रममा उपस्थित सबैजनाले फुल गुच्छाका साथ सुवेदीलाई विदाई गरेका थिए ।