ललितपुर सुनचाँदी व्यवसायीको कोरोना बिमा

२८ जेठ, काठमाडौं । सुनचाँदी व्यवसायी संघमा आबद्ध आफना ब्यावसायीहरूको सुरक्षाको लागि कोरोना बिमा भएको छ ।

ललितपुर सुनचाँदी व्यवसायी संघले कोरोनाबाट प्रभाबित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफना सम्पुर्ण सदस्य तथा कर्मचारीहरुको कोरोना बिमा गरेको हो ।

एभरेष्ट ईन्सुरेन्स कम्पनिसँग ४ करोड ४९ लाख बराबरको कोरोना भाइरस बिमाको मंगलबार सम्झौता गरिएको हो ।

सम्झौतामा संघबाट अध्यक्ष रमेश बहादुर शाक्य र इन्सुरेन्स कम्पनीका तर्फबाट बजार प्रवन्धक विकेश महर्जनले हस्ताक्षर गरेका थिए ।

ललितपुर क्षेत्रमा रहेर सुनचाँदी व्यवसाय संचालन गरि रहेका सुनचाँदी ब्यवसायी संघसँग आबद्ध सदस्य एवम् सदस्य परिबार तथा कर्मचारीहरूको कोरोना परिक्षण (पिसिआर) पोजेटिभ देखिए १ लाख रुपियाँ एभरेष्ट ईन्सुरेन्स कम्पनीबाट प्राप्त गर्ने सकिने संघका अध्यक्ष रमेश बहादुर शाक्यले बताए ।

विश्व्यापी महामारीको रूपमा फैलिएको कोरोनाबाट विशेष गरि सुनचाँदी ब्यवसायीहरू जटिल समस्या रहेको ठुलो लागनीका सुनचाँदी ब्यवसाय महिनौसम्म बन्द हुदाँ व्यवसायहरूलाई आर्थिक रूपले ठूलो समस्या देखिने अवस्था रहेको बिमा गरिएको अध्यक्ष शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *