लगन बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सव सम्पन्न

२९ जेष्ठ, काठमाडौं । कामपा वडा नं. २१ स्थित लगन बहुउद्देश्यीय सहकारी संस्था लि. संस्थाको १३ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएकाे छ ।

संस्थाको बार्षिकोत्सवको उपलक्ष्यमा विगत केही वर्षदेखि गरिंदै आएको रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिदै यो वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

संस्थाको कार्यालय अगाडिपट्टि रहेको ऐतिहासिक चौतारीमा सम्पन्न रक्तदान कार्यक्रममा ९२ जना रक्तदाताहरुले रक्तदान गरे । जसमा महिला रक्तदाताको सहभागिता उल्लेख्य रहेको छ ।

सो कार्यक्रममा रक्तदाताहरुलाई विविध उपहार पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *