सरकारी कार्यालयहरु अब दुई सिफ्टमा संचालन गरिने

२९ जेठ, काठमाडौं । अब सरकारी तथा निजी क्षेत्रका सबै कार्यालयहरु २ सिफ्टमा संचालन हुने भएका छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन्।

‘बिहान ८ बजेदेखि १ बजे सम्म र १ बजेदिख ६ बजेसम्म कार्यालयहरू पूर्णरूपमा संचालित हुन्छन्’ उनले भने ‘जसले गर्दा बढी भीडभाड नभइ आधारभूत सेवा प्रदाद गर्नका लागि सहज हुनेछ।’

यस्तैगरी डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल खुला नगर्ने निर्णय गरेको छ। डिपार्टमेन्ट स्टोरबाट आधारभूत आवश्यकताका सेवा प्रवाह हुने भएकाले खोल्ने निर्णय गरिएको प्रवक्ता डा खतिवडाले जानकारी दिए।

आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको डा। खतिवडाले बताए। सरकारले चैत ११ गते लकडाउन शुरु गरेदेखि अत्यावश्यक सेवा बाहेक अन्य सरकारी कार्यालय बन्द थिए।

भिडभाड नियन्त्रण गर्न पहिलो चरणमा सपिङ मल खुला नगर्ने निर्णय गरेको सरकारले बताएको छ। उनका अनुसार मोटरसाइकलमा १ जना मात्र बस्न मिल्ने गरी संचालन गर्न अनुमति दिइएको छ। भने साइकल र पैदल यात्रा समेत खुला गरिएको जानकारी मन्त्री खतिवडाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *