२९ जेठ, काठमाडौं । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो ।
सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो पार्ने योजना अन्तर्गत उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
सरकारले यसअघि नै करिब ४ दर्जन प्रकारका उद्योग कारखाना सुरक्षा विधि अनपाएर सञ्चालन गर्न सकिने निर्णय गरिसकेको थियो । तर आन्तरिक आवागमनमा समस्या भएकाले त्यस्ता उद्योग पनि राम्ररी चल्न सकेका थिएनन् ।
सञ्चालनमा आउने क्षेत्र
- स्वास्थ्यसँग सम्बन्धित सबै सेवा ९निजी क्लिनिक समेत० ।
- कृषि क्षेत्र स् उत्पादनदेखि वितरणसम्म ।
- उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने ।
- सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने ।
- व्यक्तिको पैदल आवागमन खुला ।
- साइकल र मोटरसाइकल ९मोटरसाइकलमा १ जना० सवारी गर्न पाइने ।
- उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।
- फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने ।
- बैंक तथा वित्तीय संस्था खुल्ला ।
- नर्सरी र वनजन्य उद्यमहरु ।
- विकास आयोजनाहरु ।
- रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने ९टेक अवे सर्भिस० ।
- क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने ।
- सरकारी कार्यालयहरु सञ्चालन गरिने ।
- शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने ।
- गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने ।
- सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा लागू हुने गरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने ।
सञ्चालन गर्न नपाइने क्षेत्रहरु स्
- शैक्षिक संस्थाहरु ९यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु
- अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु ।
- तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत ।
- सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।
- सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
- सिनेमा हल, पार्टी प्यालेस, डान्स बारलगायतका मनोरञ्जनस्थल ।
- सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।
- स्पा, सैलुन र ब्यूटीपार्लर ।
- स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरु ।
- सपिङ मलहरु ।
- समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतीहरु ।
- सबै प्रकारका धार्मिक तथा सामाजिकस्थलहरु ।
- यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधन समेत ।
- काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।