३१ जेठ, ललितपुर । विप्लप नेतृत्वया नेकपाका एक नेता ललितपुरबाट बमसहित पक्राउ परेको छ ।
कटुवा पेस्तोल एक थान र तीनवटा बमसहित विप्लव समूहका डिसिएस श्यामलाई शुक्रबार बेलुका महानगरीय प्रहरीले गिरफ्तार गरेका हुन् ।
ललितपुर महानगरपालिका ११ बस्ने सानुराज बज्राचार्य (श्याम) पाटनको इखाछेँको कोठाबाट बमसहित पक्राउ परेको हो ।
तीनै वटा बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेका छन् । प्रहरीले उनको कोठाबाट विप्लव समूहको किताब, लेटरप्याड पनि बरामद गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेपाल सरकारबाट प्रतिबन्धित समूह हो ।