काठमाडौं र ललितपुरमा ५ जनासिहत थप ४५१ जनालाई काेराेना संक्रमण

१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ५ जनासहित देशका विभिन्न जिल्लामा ४ सय ५१ जना संक्रमित थपिएका छन् ।

काठमाडौंका २ जना पुरुष र २ जना महिला रहेका छन् भने ललितपुरका १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरू कुन ठाउँका हुन् भनेर प्रष्ट भने पारेका छैनन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । संक्रमितमध्ये पुरुष ४१६ र महिला ३५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार संक्रमित रहेको जिल्ला ७३ पुगेको छ ।

कोरोना भाइरसले गर्दा नेपालमा आजसम्म १९ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख ३३ हजार ८ सय ८३ जना क्वारेन्टिन, ५ हजार १ सय ५१ जना आइसोलेसनमा छन् भने ६ हजार २ सय ११ संक्रमित मध्ये १ हजार ४१ जना निको भएर घर फर्किसकेका छन् ।

हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनपानीले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *