मानव रगत समूह पत्ता लगाउने वैज्ञानिकको सम्झनामा विश्व रक्तदाता दिवस

१ असार, काठमाडौं । काठमाडौंको बसन्तपुरमा आइतवार साँझ दिपावली कार्यक्रमको आयोजना गरि रक्तदाता दिवस मनाईएको छ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदाता दिवस भनेर पनि मनाउने गरिन्छ ।

मानिस जिवित रहनकालागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने उनीह्यरुको ठहर छ ।

मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।

रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ ।

मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समुह अनुसारका मेल खाने समुहहरुका रगत उनीहरुमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरुको रगतमा कुनै सक्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरुलाई उनिहरुको मेडिकल इतिहास र स्वास्थ्यका वारेमा जानकारी लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *