विश्वभर महामारीको रुपमा फैलिंदै गएको कोरोना (कोभिद –१९) का कारण नेपालमा गत चैत ११ गते देखि लकडाउन गरिएको छ । स्वास्थ्यको हिसाबले अति नै आवस्यक लकडाउनले विभिन्न क्षेत्रमा अतुलनीय क्षती व्यहोर्नु परेको छ । वषेश गरि उपत्यकाका संस्कृति, संस्कार र साहित्यमा सिधा असर परेको देखिन्छ ।
कोभिद–१९ का कारण उपत्यकाका ऐतिहासिक एवं विभिन्न कालखण्ड देखि चलिआएका महत्वपूर्ण जात्राहरु पनि कोरोना संक्रमण हुने कारणले स्थगित गरियो ।
त्यस्तै नेपालभाषा साहित्य क्षेत्रमा पनि जेठ महिनाको लकडाउनले गर्दा ख्यातिप्राप्त साहित्यकारहरुको जन्मोत्सोवमा असर पारेको छ ।
नेपालभाषाका ख्यातिप्राप्त साहित्यकार कविकशेरी चित्तधर हृदयको १०९ औं जन्मदिन – बछलागा एकादशी (जेठ ५), उपन्यास सम्राट धुस्वां साय्मिको ९० औं जन्मदिन – बछलागा एकादशी (जेठ ५) र कविरत्न सिद्धिचरण श्रेष्ठको १०९ औं जन्मदिन – तछलाथ्व पंचमी (जेठ १५) का दिन कुनै सार्वजनकि कार्यक्रमविना नै मनाइएको छ ।
वर्षेनी महाकवि चित्तधर हृदयको जन्मदिन कालिमातिस्थित वहाँको सालिकमा र युगकवि सिद्धिचरण श्रेष्ठको जन्मदिनमा दफ्टर, झोछेँस्थित सालिकमा माल्यार्पण सहित मनाउँने गरिन्छ । त्यसरी जन्मदिनको अवसरमा विभिन्न साहित्यिक कार्यक्रमहरूपनि गर्दै आइरहेको थियो ।
साहित्यकार द्वय् चित्तधर र सिद्धिचरणले आधुनिक नेपालभाषा साहित्यमा नयाँ धार सहित नेपालभाषा साहित्यलाई नयाँ आयाम प्रदान गरेका थिए ।
वहाँहरू दुबैलाई राणा सरकारले नेपालभाषा साहित्य लेखेको अपराधमा जेलसजाय दिइएको थियो । सिद्धिचरण श्रेष्ठको सवस्र्व हरण गरेको थियो ।
धुस्वां साय्मि नेपालभाषा साहित्यका प्रथम उपन्यासकार हुन् । वहाँका धेरै नेपालभाषाका उपन्यास प्रकाशित भएको छ । नेपालभाषा परिषदले वर्षेनी प्रदान गर्दैआइरहेको ‘चित्तधरसिरपा’ र सिद्धिचरण प्रतिष्ठानको ‘सिद्धिचरण पुरस्कार’ लकडाउनपश्चात विशेष कार्यक्रमसहित प्रदान गरिने भएको छ ।
कविक शेरी चित्तधर ‘हृदय ’ नेसं ११०२, सिद्धिचरण श्रेष्ठ नेसं १११२ र धुस्वां साय्मि नेसं ११२८ मा दिवंगत हुनु भएको हो ।
लाय्कू पाक्षिक (जेठ १६-३२)