राम जन्मभूमि अयोध्यामा फेला परेका बौद्धकालिन अवशेष

किशाेर महर्जन

वर्षाै समय अघिदेखि भारतको राम जन्मभूमिको नाममा विवादित अयोध्यामा राम मंदिर निर्माण शुरू हुनुअघि नै पुनः नयाँ विवाद अगाडि आएको छ । नयाँ मन्दिर निर्माणको निमित्त उक्त स्थानको जमीन उत्खनन् क्रममा भेटिएका विभिन्न मूर्ति र सामाग्रीको अवशेष सम्राट अशोक शासनकालको रहेको दावी गरिएको छ । यी अवशेषहरू बौद्ध धर्मसित सम्बन्धित रहेको दावी पनि गरिएको छ । विज्ञहरूले यूनेस्कोसित यसको उत्खनन् निष्पक्ष रूपमा गर्न माग गरेको छ ।

भारतको अयोध्यामा बाबरी मस्जिद भत्काएर त्यहाँ राम मंदिर बनाउन खोजेपछि त्यहाँ हिन्दू र मुसलमान बीच ठूलो भिडन्त भएको थियो । पछि यो मुद्दा भारतको सुप्रीम कोर्टमा पुगेपछि त्यहाँका चीफ जस्टिस रंजन गगोईको अध्यक्षतामा सुप्रीम कोर्टका पाँच न्यायाधीशले फैसला गरेको थियो । अयोध्यामा विवादित भूमिमा राम मंदिर बनाउने र यस्को निमित्त एक ट्रस्ट बनाउने निर्णय गरेको थियो । सुप्रीम कोर्टले मुसलमानहरूको मस्जिद बनाउनको निमित्त अर्को पाँच एकड जग्गा दिने पनि निर्णय गरेको थियो । हिन्दूहरू मस्जिदको भित्रि भागको भित्रि भाग भगवान रामको जन्मभूमि रहेको दावी गर्दै आइरहेको थियो । तर भारतको सुप्रिम कोर्टले पनि त्यहाँ मस्जिदको निर्माण त्यहाँ रहेको मंदिर ध्वस्त पारेर बनाएको भन्ने आधार देखाउन सकेन । तर एउटा कुरामा निश्चित रहेको थियो कि बाबरी मस्जिदको निर्माण खाली जग्गामा नभई कुनै संरचनामााथि बनाइएको हो र जमीन मुनिको ढांचा इस्लामिक थिएन । यस विवादलाई लिएर भारतको हाई कोर्टले सन् २००२मा उक्त विवादित जग्गामा उत्खननको आदेश दिएको थियो ।

हाल सोही जग्गामा मन्दिर निर्माण गर्ने क्रममा उत्खनन् हुँदा त्यहाँ भेटिएको अवशेष कुनै शिवलिंग वा मन्दिरको नभई बौद्ध स्तंभको रहेको छ । यसैको क्रममा बौद्ध धर्मका कलाकृतिहरू र त्यहाँ भेटिएका अवशेषहरूको तस्वीर सामाजिक संजालमा बाहिर ल्याइ दाँज्ने कार्यहरू भइरहेको छ । मुसलमानहरूको संस्थाले पनि त्यहाँ प्राप्त अवशेष बुद्ध धर्मसित जोडिएको छ ।

त्यहाँ प्राप्त अवशेष विषयमा राम मंदिर ट्रस्टले पनि ती खंडित अवशेषहरू राम मंदिरको नरहेको कुरा स्वीकारेको छ । वास्तवमा यस विषय अयोध्या निवासी विनीत कुमार मौर्यले सन् २०१८ मा नै सुप्रीम कोर्टमा मुद्दा दायर गरेको थियो । वहाँले विवादित स्थलमुनि निक्कै अवशेष रहेको र ती बौद्ध धर्मका प्रचारक सम्राट अशोककालिन रहेको दावी गरेको थियो । त्यसैले मुसलमानहरूले बाबरी मस्जिद बनाउनुभन्दा पहिला त्यो ठाउँ बुद्धधर्मसित जोडिएको जिकिर वहाँको थियो । अहिले प्राप्त भएको अवशेषहरूपनि बौद्ध धर्मसित जोदिएको ढांचा अनुरूप रहेको छ । वादी विनीतको दावीअनुसार त्यहाँं स्तूप, गोलाकारको स्तूप, भिट्टा र स्तम्भहरू कुनै बौद्ध विहारको स्वरूपसित मिल्दो किसिमको रहेको छ । हाल त्यहाँ उत्खनन् गरिएका ५० भन्दा स्थानहरूमा कुनै मन्दिर वा हिन्दू ढांचाको अवशेष भेटिएको छैन ।

अयोध्यामा विवादित राम मन्दिरको निर्माण विषय पहिला हिन्दू र मुसलमानबिचमात्र द्वन्द रहेकोमा अव तेश्रो पक्षको पनि प्रवेश भएको छ ।


राम मन्दिरको विवादित जग्गामा सुप्रिम कोर्टले फैसला दिनुअघि नै गरिएको विभिन्न किसिमको उत्खनन्मा भेटिएको अवशेषकै आधारमा अयोध्याका विनित कुमार मौर्यले त्यस जमिनमुनी भगवान गौतम बुद्ध र सम्राट अशोकको समकालीन समयका अवशेषहरू भेटिएकोले मुद्दा दाखिला गर्नु भएको थियो । यसरी अयोध्यामा विवादित राम मन्दिरको निर्माण विषय पहिला हिन्दू र मुसलमानबिचमात्र द्वन्द रहेकोमा अव तेश्रो पक्षको पनि प्रवेश भएको छ ।

अयोध्याका विनित कुमार मौर्य सन् २००२को उत्खनन कार्यमा त्यही टैक्टर चालकको रूपमा कार्यरत व्यक्ति हुन् । त्यही समयमा भेट्टिएका केही अवशेषहरूलाई अनौपचारिकरूपमा तथागत भगवान बुद्धसित जाडिएको अशोककालिन मानिएको थियो । त्यस समय पुरातत्व विभागले स्पष्टसित नभने तापनि ती अवशेष बुद्धसित जोडिएको कुरालाई अस्विकार गरेको थिएन । यस तथ्यलाई सन् २०१०मा बौद्ध अवशेषको कुरा हाईकोर्टमा पुरातत्व विभागले पनि स्वीकारेको थियो, तर समाजमा खलबल नआउन भनी ती कुराहरू खुलाइएको थिएन । तत्कालिन समयमा उत्खननका प्रतिवेदन जापानको टो जो – विकास इंटरनेशनल र आर्केलोजिकल सर्वे अफ इंडिया (एएसआई)ले मिलेर तयार गरेको थियो, त्यसमा पनि बुद्ध कालको अवशेष रहेको कुरा खुलाइएको थियो । यसलाई हाल अदालतको आदेशमा सील गरेको छ । सील खुलेपछि यसको वास्तविकता सबैलाइ थाहा हुने नै छ ।

अयोध्याको विवादास्पद राम जन्मभूमि स्थल वास्तवमा बौद्धहरूको हो । यहाँ सन १५२८ मा मस्जिद निर्माण गरे को हो भने त्यस बेला मन्दिरको स्थिति के थियो र त्यो भन्दा पनि पहिला त्यहाँको स्थिति के थियो जान्न आवश्यक रहेको छ । भारतमा रहेका बौद्ध भिक्षुहरू एवं धर्माबलम्बिहरू त्यहाँ अव सत्य तथ्यको आधारमा बौद्ध स्मारक निर्माण गरिनु पर्ने आवाज उठाइ रहेका छन् ।

लाय्कू पाक्षिक (जेठ १६-३२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *