‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’
२ असार, काठमाण्डौँ । म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका सागर थापासहित अन्जन केसी, सन्दीप राई, रितेश थापा, पूर्वप्रशिक्षक विकाससिंह क्षेत्री र फिजियो थेरापिष्ट डेजिप थापाले सर्वोच्चबाट सफाई पाएका हुन् ।
न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाई दिएका हुन् । सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा मंगलबार यस्तो फैसला आएको हो ।
यसअघि, २०७५ साल जेठ २४ गते उनीसहितको टिमलाई विशेष अदालतले सफाइ दिएपनि दुई वर्षदेखि उक्त मुद्दा सर्वोच्चले हेरिरहेको थियो ।
थापालाई थाहा छ कि तत्कालै प्रतिबन्ध हटिहाले पनि राष्ट्रिय टिममा फर्किन अब निकै गाह्रो छ । यद्यपि उनी यो असम्भव भने मान्दैनन् । र, प्रतिबन्ध हटे राष्ट्रिय टिमबाट खेल्न प्रयास गर्ने सोचमा छन् । भन्छन्, मेरो इच्छा त्यही हो कि एक पटक कोसिस गर्छु । भयो भने भयो, भएन भने राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन चाहन्छु ।’
झण्डै एक महिनापछि धरौटीमा छुटेका उनीहरुले विशेषबाट २५ जेठ २०७५ मा सफाइ पाए । मंगलबार सर्वोच्चले पनि सागरसहितका ६ जनाले राज्य विप्लवको कसुर गरेको नदेखिएको विशेषकै फैसलालाई सदर गरेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा म्याच फिक्सिङ गरेको आरोपमा २०७२ साल असोज २७ गते उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । भने, कात्तिक २४ गते नै उनीहरु सबैजना धरौटीमा रिहा भएका थिए ।