३ असार, काठमाडाैं । नेपालमा आज बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनाका सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा बुधबार हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार ७ हजार १ सय ७७ पुगेको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ ।
त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
जिल्लागत रूपमा उदयपुरका ४ जना, सिरहाका १ जना, मोरङका ९ जना, झापाका २ जना, धनुषाका २६ जना, महोत्तरीका २ सय जना, बाराका ७ जना, रौतहटका १ सय २७ जना, कपिलवस्तुका १० जना, रुपन्देहीका ७ जना, सर्लाहीका ६ जना, प्युठानका ३८ जना र अर्घाखाँचीका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसैगरी कैलालीका १ जना, पर्वतका ३ जना, नवलपरासी पूर्वका १७ जना, गुल्मीका २६ जना, बाँकेका १ जना, बर्दियाका ३१ जना, दाङका ८ जना, सल्यानका २५ जना, सुर्खेतका २ जना, दैलेखका ४ जना, कञ्चनपुरका ७ जना र कालिकोटका १४ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरसले गर्दा नेपालमा आजसम्म २० जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टिन, ५ हजार ९ सय ९० जना आइसोलेसनमा छन् भने ७ हजार १ सय ७७ संक्रमित मध्ये १ हजार १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् । जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ जना छन् ।
हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनपानीले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ ।