जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्र भवनकाे शिल्यान्यास (फाेटाे फिचर)

८ असार, काठमाडाैं

काठमाडाैं महानगरपालिकाकाे १५ वडास्थित धुम्बाखेलमा जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्र भवन निर्माणका लागि जग साइत असार ८ गते साेमवार गरिएकाे छ ।

बागमति प्रदेशका सांसद अष्टलक्ष्मी शाक्यकाे काेषबाट ५० लाख सहयाेगमा साे भवन निर्माण गर्न लागिएकाे हाे ।

शिलान्यास कार्यक्रममा संघीय सांसद एवम् नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडाैं महानगरपालिका १५ वडाका अध्यक्ष एवम् कामपाका प्रवक्ता इश्वरमान डंगाेलकाे सहभागिता रहेकाे थियाे ।

जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्रका अध्यक्ष मैयाँलक्ष्मी महर्जनकाे सक्रियता बन्न लागेकाे उक्त भवनकाे शिल्यान्यास कार्यक्रमलाइ धुम्बाखेल युवा क्लबले सहयाेग गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *