रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु

असार १०, काठमाडौं ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रक्तार्यावलोकितेश्वर रातो मच्छिन्द्रथानको रथजात्रा हुने भएको छ ।

आजबाट जात्राको लागि पाटनको पुल्चोकमा रथ बनाउन शुरु गरिएको कारण यो वर्षको जात्रा नहुने हो कि भन्ने आशंका पूर्ण रुपमा हटेको छ ।

गत बैशाख शुक्ल प्रतिपदा बछलाथ्व पारुको दिन रथारोहण गरि जात्रा शुरु गर्नु गर्नेमा कोभिड १९ लकडाउनका कारण रथजात्रा रोकिएको थियो । सो दिन मच्छिन्द्रबहालस्थित मच्छिन्द्रनाथको मूर्ति जात्राको लागि मन्दिरबाट बाहिर ल्याई सोहि बहालस्थित पाटीमा बिराजमान गराई नित्य पूजाआजा हुँदै आएको छ ।

एक सूत्रका अनुसार आजबाट रथ बनाउन शुरु गरि दिल्लागा पारुका दिन मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराई जात्रा गराउने लक्ष्य लिएको जानकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *