११ असार, काठमाडौं ।
टोखा नगरपालिकाको सातौ नगरसभा बुधबार सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को लागि कुल १ अरब ५७ करोड ४१ लाख ७७ हजार रुपैयाँ बजेट प्रस्तावसहित सातौं नगरसभा सम्पन्न भएको हो ।
नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको मुहार समृद्ध बनाउनका लागि आफ्नो स्रोत र साधनको प्रयोग गर्दै अगाडि बढिरहेको जानकारी दिए ।
नगर प्रमुख अधिकारीले कोरोना महामारी समुदायमा फैलिन नदिन टोखा नगरवासीको सु–स्वास्थ्यलाई ध्यानमा राखेर उक्त प्रकोपको रोकथाम तथा नियन्त्रण गरि पक्षलाई प्राथामिकतामा राखि महामारीवाट प्रभावित सामाजिक आर्थिक क्षेत्रलाई पुनर्जीवत दिई नगरवासीको सर्वाङ्गिन हित कायम गर्दै विकास निर्माणलाई गतिदिने अठोटका साथ आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बनाएको बताए ।
‘ऐतिहासिक, सास्कृतिक, पर्यटीय समृद्ध टोखा नगर’ भन्ने मुल लक्ष्यका साथ बजेट आएको नगरप्रमुख अधिकारी जानकारी दिए ।
नगरपालिकाले २०७७/०७८ का लागि अनुमानित १ अरब ५७ करोड ४१ लाख ७७ हजार रुपैयाँको बजेट टोखा नगरपालिकाको उपप्रमुख ज्ञानमाया डंगोलले प्रस्तुत गरिन् । जसमा वडागतरुपमा रु.२ करोड २१ लाखको सिलिंग प्रस्ताव गरेको छ ।
नगरसभामा उपप्रमुख ज्ञानमाया डंगोलले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका साथै सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग, एकल महिला लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको बताइन् ।
नगर प्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनता सुरक्षा कार्यक्रम संचालन गर्ने, भू-उपयोग नक्शा निर्माण गर्ने ,घर नक्शालाई विधुतीकरण गर्ने , मेयर उज्यालो कार्यक्रम मार्फत सडक बत्ति जडान जस्ता योजनाहरु समेटिएका छन।
त्यस्तै वडा नं ३ को भुत खेल मैदानलाई नगर स्तरीय खेल मैदान बनाउने ,टोखाको सांस्कृतिक क्षेत्रलाई प्रवर्धन गर्ने ,बौडेश्वर एकीकृत विकास गुरुयोजना अनुसार निर्माण गर्ने लगायतका मुख्य योजना ल्याएको टोखा नगरपालिकाले मेयर दिवा खाजा कार्यक्रमलाई पनि निरन्तरता दिने योजना अगाडी सारेको छ।
वडा नं २ को गलयमा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतलको रुपमा रुपान्तरण गर्ने साथै प्रदेशस्तरीय ल्याव निर्माण गर्ने, प्राविधिक शिक्षालयको स्थापना, खानेपानी आपुर्तिका लागि उचित स्थानमा डिप टयूवेलको व्यवस्था तथा मेलम्ची खानेपानीलाई ईलाकामा वितरण गर्ने व्यवस्था मिलाउन पहल गर्ने, प्राकृतिक श्रोतको पहिचान गरी खानेपानीको आपुर्ति व्यवस्था मिलाउने लगायतका योजनाहरु समेटिएका छन् ।
नीति तथा कायक्रममा पूवाधार विकास , सामाजिक विकास, कोभिड-१९ संग सम्बन्धित कार्यक्रम, आर्थिक विकास, वातावरण तथा विपद, सार्वजनिक सेवा तथा क्षमता विकास, सरकारी नीजि सहकारी र समुदायिक क्षेत्रको सहकार्यमा जोड उपलब्ध श्रोत साधन अवसर र क्षमताको अधिकतम् उपयोग गर्ने, समानुपालिक वितरण प्रमाणी अवलम्वन गर्दै सबै क्षेत्र वर्ग समुदायलाई सामाजिक न्याय सहितको विकास गर्ने नगरपालिकाको नीति तथा कार्यक्रमहरु प्राथमिकतामा रहेका छन् ।
दफावार छलफल र विना तयारी हतारमा नीति तथा कार्यक्रम तर्जुमा भएको भन्दै यसलाई अझ समय दिएर राम्रोसँग केलाएर सुधार गरी राम्रो नीति तथा कार्यक्रम बनाउनु पर्ने सुझाव दिइन ।
नगर सभा सदस्य तथा वडा नं.६ का महिला सदस्य शान्ता खनालले नीति तथा कार्यक्रमले लक्षित वर्गलाई प्रतिनिधित्व नगरेको भन्दै दुखेसो पोखिन् । यस कोरोनाको महामारीको विपद अवस्थामा स्थानीय तथा व्यवसायीहरुलाई करमा भारी छुटको व्यवस्था गर्नु पर्ने र कर नबढाई करको दायरा बढाउनु पर्ने सुझाव दिइन् ।
खनालले मेयर उज्यालो कार्यक्रम, सीसी टिभि योजना , प्रत्य वडा कार्यालय फ्री वाइफाइ जोन कार्यक्रम, १ र २ वडालाई वाल मैत्री नगर घोषणा गर्ने योजना लाई लिएर नगरप्रमुख अधिकारीसँग त्यसको जानकारीको माग गरिन् । उनले अग्रमोर्चामा खटिएका जनप्रतिनिधि कर्माचारी तथा सर्वासाधारणहरुको तत्काल पीसीआर परीक्षण गर्नुपर्नेसमेत माग गरिन् ।
कार्यक्रममा वडा नं ११ क वडासदस्य महेश थपलियाले वडा अध्यक्ष, प्राविधिक शाखा तथा योजाना शाखाका प्रमुखहरुको मिलेमटोमा गुणस्तर हिन भौतिक पुर्वाधार निर्माण कार्यभैरहेको आरोप लगाए । ११ नं वडामा कालो पत्रे गरेको विषयलाई लिएर उनले भने माटोमाथी ल्याप गरेर स्टेमिट गरेको छ यदि यो प्राविधिक मुल्याङ्कनमा पारित भयो भने यसमा संगलंगन कसैलाई पनि नछोडिने आक्रोस पोखे । आफुसँग त्यस्ता धेरै प्रमाण रहेको भन्दै यदि कसैले गतल गर्यो भने त्यसलाई सावर्जनिक गरी कार्वाही समेत गर्ने उनले बताए ।
त्यस्तै २ वडाका वडासदस्य हेराकाजी डंगोलले स्वास्थ्य, शिक्षा, कृषि, युवा रोजगार, संस्कृति लगायतका क्षेत्रलाई विशेष प्राथमितामा राखि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनु सुझाव दिए ।
नीति तथा कार्यक्रम दोहोरिएको छ । योजना तर्जुमा घणभुत रुपमा छलफल गरौँ, नीति तथा कार्यक्रम निर्माणमा हतार, कोरोना महामारी अहिलेको अवस्थालाई हेरेर व्यवस्थित र सुरक्षित क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्था गर्ने नीतिगत रुपमा उल्लेख गर्नु पर्ने सहभागिहरुले लगाएतका सुझाव दिए ।
सदस्य कोषको व्यवस्थापनको माग
टोखा नगरपालिकाको सातौँ नगरसभा बोल्दै ३ वडाका सदस्य हरिमान श्रेष्ठले सदस्य कोषको माग गरे । उनले प्रत्येक वडा सदस्यलाई कमतिमा २० लाखको दरमा कोष स्थापना गर्नुपर्न माग गरे । यदि सदस्य कोषको व्यवस्था गर्न सके वडा सदस्यहरुलाई पनि आफ्नो जिम्मेवारी र अपनोत्वको बोध हुने र सामाजिक कार्यमा दत्तचित्त भएर लाग्ने उनले बताए ।
जनताको टाउकोमा मकै भुत्ने काम मात्र भैरहेको भन्दै जनतालाई राहत हुने खालका नीति तथा कार्यक्रमको व्यस्था तथा करमा सहुलियतको व्यवस्था गर्नु पर्ने तर्क राखे । उनले कार्यक्रममा बोल्दै सांस्कृतिक संरक्षित क्षेत्र घोषित क्षेत्र त टोखा नाम मात्रको साँस्कृतिक क्षेत्र भएको भन्दै त्यसको व्यवस्थापनका लागि यथाशीघ्र आवश्यक नीति तथा कार्यक्रम बनाई लागु गर्न र साविक टोखा सरस्वती र चण्डेश्वरी बस्तीमा रहेका घरहरुको निशुल्क नक्शा पसगरी तीनिहरुलाई करको दायरामा ल्याउने नीति बनाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा सहभागिहरुले उठाइएका प्रश्नहरुको जवाफ नगर प्रमुख अधिकारीले दिए ।
नगरसभामा टोखा नगरपालिकाका वडा अध्यक्षहरु श्रीकृष्ण अधिकारी, दिपक राज जोशी, जगन्नाथ ढकाल, मधुसुदन पाण्डे, जोग प्रसाद नेपाल, उत्तम अधिकारी, धर्मेन्द्र श्रेष्ठ, केशव बहादुर खत्री, नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे,शोभा तामाङ, उर्मिला विश्वक्रर्मा, नगर सदस्य रामभक्त घिमिरे, न्यायिक समिति सदस्य गोपी पाठक, टोखा नगरपालिकाका कानुनी सल्लाहकार सत्यनारायण डंगोल लगायत नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, नगरपालिकाको शिक्षा शाखाका प्रमुख बाबुराम गौतम, आर्थिक प्रशासन शाखाका प्रमुख ज्ञान बहादुर अधिकारी, योजना शाखा प्रमुख बासु भेटवाल, प्रशासन शाखा प्रमुख अनिल प्रसाद जोशी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
newsoftokha