दशैंअघि बुंगद्यः (राताे मच्छिन्द्रनाथ)काे जात्रा सकाउने तयारी

१३ असार, काठमाडाैं

बुंग द्यः (राताे मच्छिन्द्रनाथ) काे जात्रा असार महिनाकाे अन्तिम हप्तामा हुने भएकाे छ।

जात्राकाे लागि बाराही गुठीबाट चारदिन अगाडि रथ निर्माण सुरू गरेकाे अाधा जस्ताे सकिएकाे छ ।

असार १६ गतेसम्म रथकाे पांग्रा र तल्ला बनाउने काम सकिने र असार २३ सम्म रथ निर्माण सम्पन्न हुने बाराही गुथिका एक गुथियारले जानकारी दिए ।

भगवानकाे स्नान गरेपश्चात बुंगद्यःकाे जात्रा राेक्न नहुने बुंगद्यःका पानेजुले बताए । स्नानपश्चात जात्रा सकाउनु नै पर्ने भएकाेले दशैंअघि जात्रा सकाइनेछ ।

दशैंपछि तिहार त्यसपछि धान काट्ने समय अाउँछ । धान काट्न सकेपछि यःमरी पुन्हिमा नयाँ चामलकाे यःमरी बनाएर भगवानलाइ चढाउने परम्परा भएकाेले दशैंअघि नै याे जात्रा सकाइनेछ ।

त्यस्तै यल ज्यापु समाजले गुथि संस्थानसँग सल्लाहपश्चात जात्रा अारम्भ गरिने जानकारी दिएकाे छ।

याे पनि : रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *