१५ असार, काठमाडाैं
‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नाराका आज धान दिवस मनाइयो । धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरतातर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिएको सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिने गरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुन आग्रह गरेको छ ।
संविधानले कृषि तथा खाद्य सुरक्षासम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको छ । कृषि क्षेत्रको विकास र वृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले त्यसका लागि कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरण आवश्यक भएकामा जोड दिएको छ ।
फाेटाेग्राफर रमिता छुँजुकाे क्यामेरामा कैद भएका ललितपुरमा भएकाे राेपाइँकाे केही दृष्यहरू
तस्बिरहरू : रमिता छुँजु