नेपालभाषाकाे पाठ्यक्रम ‘येँ देय् म्हसिका’काे बारेमा अन्तर्क्रिया सम्पन्न

राजेन्द्र रञ्जित/नेवाः सूचना केन्द्र
१६ असार, काठमाडाैं

स्थानीय विषय नेपालभाषाकाे पाठ्यक्रम ‘येँ देय् म्हसिका’काे बारेमा अन्तर्क्रिया सम्पन्न भएकाे छ । काठमाडाैं महानगरपालिका शिक्षा विभागकाे अायाेजनामा आइतबार काठमाडाैंकाे सभागृहमा शिक्षाविद्हरूकाे माझ उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

एक कक्षादेखि अाठ कक्षासम्मकाे स्थानीय विषय नेपालभाषा पाठ्यक्रमकाे कार्यपत्र नेपाल आदर्श माविया पूर्व प्रधानाध्यापक बरुण प्रसाद बैद्यले प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा नपुगेका विषयवस्तुलाइ लिएर लुम्बिनी विश्व विद्यालयका पूर्व कुलपति डा. त्रिरत्न मानन्धर, नेपालभाषा केन्द्रीय विभागया उप प्राध्यापक राजन लाल जोशीले प्रश्न राखेका थिए । प्रश्नका उत्तर डा. चुन्दा बज्राचार्यले दिएका थिए ।

बिद्यार्थिहरूलाइ सहज हुने गरी स्कूलैपिच्छे फरक फरक नहाेस् भन्ने हिसावले व्याकरण र शब्दकोशमा एकरुपता ल्याउनु पर्नेमा डा. मानन्धरले जाेड दिए ।

त्यस्तै कार्यपत्रमा योजना पक्ष र कार्यान्वयन पक्ष गरी दुइ भाग छन् । तर नखः चखः भन्ने नसाः त्वसाःकाे लागि मात्र हाेइन त्यसमा बैज्ञानिक अाधार छ । त्यसैले पाठ्यक्रममा पनि बैज्ञानिकताकाे आधारमा तयार गर्न प्रयास भएकाे कुरालाइ सकारात्मक रुपमा लिनुपर्ने कुरा उप–प्राध्यापक जोशीले बताए ।

प्रा.डा. चुन्दा बज्राचार्यकाे संयोजकत्वमा बरुण प्रसाद बैद्य, मदन रत्न मानन्धर, नरेश वीर शाक्य, मोतीराज खनालहरू स्थानीय विषय नेपालभाषा पाठ्यक्रम निर्माण समितिकाे सदस्य भएर कार्यक्रम सफल भएकाे अायाेजकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *