हरिशयन एकादशी

हरेक वर्ष असार शुक्ल एकादशीको दिनलाई हरिशयनी एकादशीको नामले चिनिन्छ। महा एकादशी, प्रथम एकादशी नामले पनि चिनिने यस दिनलाई वैष्णव सम्प्रदायले एक महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन्।

यसै दिन श्री हरि विष्णु भगवान क्षीर सागरमा सुत्न जाने विश्वास गरिन्छ भने यसको ४ महिना पछि अर्थात कार्तिक शुक्ल एकादशीको दिन उठ्ने मान्यता रहेको छ। श्री हरि उठ्ने एकादशीलाई हरीबोधिनी एकादशीको नामले चिनिन्छ। यसरी ४ महिनाको लागि भगवान विष्णु निदाउने भएकोले यस अविधिलाई चतुर्मास भनिन्छ। आजको दिनबाट प्रबोधिनी एकादशीको दिन सम्म हरेक एकादशीमा व्रत बसि, चतुर्मात व्रतपुजा पनि गर्ने गरिन्छ।आजको दिन नारायण मन्दिरहरुमा विशेष पूजा गर्ने गरिन्छ। यसै गरि आजको दिन तुलसी रोप्ने भएकोले तुलसी एकादशीको नामले पनि नेपाली समाजमा यो दिन प्रसिद्ध छ।

यसै गरि नेवा: समुदायमा आजको दिन ग्वार्चा बनाएर खाने गर्दछन्। वर्षको दुइपल्ट हरिशयनी र हरिबोधनी एकादशीको दिन ग्वार्चा खाने परम्परा रहि आएता पनि, मुख्यतः हरिबोधनी एकादशीको दिन खाने गरिन्छ। ग्वार्चा भनेको नेवा: समुदायमा खाइने एक पौष्टिक परिकार हो। आटा वा मैदालाई मजाले मुछेर त्यसको रोटी बेलिन्छ र त्यसलाई लाम्चो आकारमा पातलो गरि काटेर अन्य गेडागुडी , चना र आलुसँग मिलाइ सुप जस्तै पकाएर खाने गरिन्छ।

लेख : Frannkey Franz

Leave a Reply

Your email address will not be published. Required fields are marked *