डब्लूएनओ नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको राजिनामा अस्वीकृत

२० असार, काठमाडौं ।

वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको राजिनामा अस्वीकृत भएको छ ।

बुधबार काठमाडौंकाे पुष्पलाल मार्गस्थित देय् दबूकाे सभाकक्षमा नेपाल च्याप्टर सचिवालयको आकस्मिक बैठक बसेको थियो । शाक्यद्वारा अध्यक्ष पदबाट दिएको राजीनामा च्याप्टरको सचिवालयको बैठकले अस्वीकृत गरेको छ ।

च्याप्टरका एक पदाधिकारीले अध्यक्षकाे भूमिकामा असन्तुष्ट व्यक्त गरेपछि स्वास्थ्य कारण देखाइ शाक्यले अध्यक्ष पदबाट गएकाे शनिबार राजीनामा दिएका थिए ।

यसअघि सोही अध्यक्ष पदका वरीष्ठ पत्रकार पुष्कर माथेमाले पनि कार्य व्यस्तताकारणा राजीनामा दिएपछि तत्कालिन वरीष्ठ उपाध्यक्ष शाक्य सुरेन कार्यवाहक अध्यक्ष बनेका थिए ।

बिधिवदरूपमा दर्तापश्चात संस्थापक अध्यक्ष भएका शाक्यले दिएकाे राजिनामा च्याप्टरको संस्थागत हित बिपरित भएकाेले बहुमत सदस्यले राजीनामा नदिन मत राखेपछि शाक्यले आउँदो भदाैमा हुने भनिएकाे अधिवेशनसम्मका लागि अध्यक्ष पदको जिम्मेवार बहन गर्न तयार भए ।


छलफलका क्रममा नेपाल च्याप्टरका सचिवालय पदाधिकारीहरु महासचिव रश्मिला प्रजापति, सचिव महर्जन रत्न, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सह-कोषाध्यक्ष सुदय सिलाकार, सदस्यहरु अन्जना ताम्राकार, शान्ति वैद्य, कस्तुरी श्रेष्ठ लगायतले यस अवस्थामा अध्यक्षको राजीनामा संस्था हितमा नहुने भएको कारण राजीनामा नगर्न र आउँदो अधिवेशनसम्म सोही पदमा रहि कार्य गर्न अध्यक्ष शाक्य सुरेनलाई अनुरोध गरेका थिए । बैठकमा सल्लाहकारहरु डा. सुमित्रा मानन्धर, पुष्करभक्त माथेमाको पनि उपस्तिथि रहेको थियो ।

नेसं ११४० दिल्लाथ्व ८ तदनुसार २८ जुन २०२० मा वर्ल्ड नेवास् अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनद्वारा स्वास्थ्यका कारण संस्थामा समय दिन नसकिने उल्लेख गर्दै अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

सन् २०११ मा ग्वहाली पुचःबाट सुरु भएको डब्लूएनओको नेपाल च्याप्टरमा रत्नकाजी महर्जन अध्यक्ष थिए । त्यसपछि तदर्थ समितिमा नरेन्द्रभक्त हाडा अध्यक्ष भएका थिए भने अधिवेशन मार्फत पुष्करभक्त माथेमा अध्यक्ष पदमा आएका थिए ।

याे पनि :

Leave a Reply

Your email address will not be published. Required fields are marked *