२१असार, काठमाडाैै ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा कोरोना भाइरस भेटिंदैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भईसकेको भन्न नसकिने जनाएको छ ।
‘ढलको पानीमा आधारित इपिडिमियोलोजी’ (वेस्टवाटर–बेस्ड इपिडिमियोलोजी) ढलको पानीमा जीवाणु/विषाणुहरूको पहिचान एवं मात्रा निर्धारण गर्ने र सोही तथ्यांकका आधारमा समुदायस्तरमा संक्रमणको अवस्था (आँकडा/तथ्य) पत्ता लगाउने प्रभावकारी विधि हो ।
सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य सहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।
नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा ढलको स्याम्पल ल्याएर अनुसन्धान गरिएकाेमा चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला परेके थियाे।
मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कुनैपनि व्यक्ति संक्रमित रहेकै अवस्थामा वा निको भईसकेपछि पनि ढलको पानीमा भाइरसको टुक्राहरू भेटिन सक्ने बताए ।
प्रवक्ता प्रा.डा. गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने सम्भावना नरहेको समेत जानकारी दिए ।
ढलको पानीमा रहेका जिवाणु र विषाणुको मात्रा निर्धारण गरी समुदायमा कोरोना भाइरस संक्रमण कुन अवस्थामा छ भन्ने बुझ्न सकिने भएपनि यसलाई पुरक विधिका रुपमा मात्रै लिन सकिने प्रवक्ता प्रा.डा. गौतमले बताए ।