ए डिभिजन क्लवलाई महानगरबाट जनही १० लाख रुपैयाँ सहयोग

२२ असार, काठमाडौं। 

काठमाडौं महानरपालिकाले आफ्नाे क्षेत्रकाे ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा क्लवलाई आज राष्ट्रियसभागृहमा आयोजित एक कार्यक्रममा प्रति क्लव रु. १० लाख सहयोग हस्तान्तरण गरेका हुन्। काठमाठौं महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो ।

महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्यांदी क्लब रहेका छन् ।


सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिए। प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए ।

‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार निर्माण, संम्पदा संरक्षण, हरियाली प्रर्वद्धनलगायतका क्षेत्रमा काठमाडौँ महानगरपालिकाले काम गर्दै आएको छ,’ प्रमुख शाक्यले भने, ‘त्योसँगै हामीले विकास तथा प्रर्वद्धनका लागि हामीले गरेको यो सानो सहयोग मात्रै हो ।’

कार्यक्रममा काठमाडाैं महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले खेलाडीहरुको आत्मबलले मात्र जीत प्राप्त हुने बताउँदै खेलमा भविष्य छ भन्ने अनुभूति दिन सक्नुलाई पनि उपलब्धी मान्नु पर्ने बताए।

‘भविष्य नदेखेका कारण यसअघि राम्रो सम्भावना भएका खेलाडी पेशा छोडेर अन्यत्र गए । अब हामी त्यस्तो हुन दिँदैनौं । पूरै लगानी गर्न नसकिएला तर न्युनतम आवश्यकता पूरा गर्न हामी लगानी बढाउँछौं’, उपप्रमुख श्रेष्ठले बताए ।

महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, वि डिभिजनलाई लाई रु ३ लाख र सीडिभिजनलाई रु २ लाखका दरले महानगरपालिकाले सहयोग गर्दै आएको थियाे ।

बि र सि डिभिजन क्बलाई यसपटक सहयोगबाट बञ्चित हुन पुगे । आउँदो बर्षमा यस बर्षको समेत थप गरेर बि डिभिजनलाई ६ लाख रुपैयाँ र सि डिभिजनलाई ४ लाख रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउने मेयर शाक्यले प्रतिबद्धता व्यक्त गरे।

बि डिभिजनमा ब्वाइज यूनियन, अन्नपूर्ण (आरसिटि), टुसाल युवा, बाँसबारी र श्री कुमारी गरी ५ वटा फुटबल क्लव छन् ।

सि डिभिजनमा सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ्ग ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लब गरी ७ वटा फुटबल क्लव छन् ।

कार्यक्रममा सम्वोधन गर्दै मछिन्द्र क्लबका अध्यक्ष प्रवोधविर सिंह कंशाकारले भने, ‘काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि खेल विकासमा सहयोग गर्ने परम्पराको थालनी भएको छ।’

‘यो नेतृत्वले खेल क्षेत्रलाई बुझेको अनुभूति हामीले गरेका छौँ ।’ उनले भने, ‘फुटवल मात्रै होइन समग्र खेलकुदको क्षेत्रमा महानगरपालिकाले सहयोग गरेको हामीले बुझेका छौँ । यो सकारात्मक छ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, प्रवक्ता ईश्वरमान डंगोल, सहचिव राजेश्वर ज्ञवाली,सामाजिक विकास विभागका प्रमुख सनतकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *