असार २२, काठमाडौं ।
राष्ट्रिय सभागृहमा आयोजना गरिएको काठमाडौं महानगरको सातौ अधिवेशनको चौथो बैठकले बिनियोजन बिधेयक र बार्षिक बजेट तथा कार्यक्रम अाइतबार सर्वसम्मतिले पारित गरेको छ ।
बैठकको कार्यसूचीमा बिबिधसहित ६ वटा बिषय समावेश थिए । पहिलो सूचीमा आ. व. २०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रम उपर छलफल गर्ने र पारित गर्ने थियो भने दोश्रोमा बिनियोजन बिधेयकमाथि दफावार छलफल गरी पारित गर्ने थियो । बैठकको तेश्रो, चौथो र पाँचौं कार्यसूचीमा लेखा, न्यायिक र शुशासन समितिको बार्षिक प्रतिवेदन पेश गर्ने छलफल गर्ने र पारित गर्ने थियो भने छैटौं सूचीमा बिबिध थियो ।
कर्मचारी समायोजन गरेर उनीहरुको आत्मबल उच्च बनाउनु पर्ने, आपसी सन्बन्ध राम्रो बनाएर प्रशासन र सेवा प्रणालीलाई सुधार गर्नुपर्ने, सहरी स्वास्थ्य सुधार, जेष्ठ नागरिक, महिला र बालबालिकाका लक्षित कार्यक्रम, समावेशिता, सहभागिता र पहुँचयुक्तताको बिषयमा पनि धारणा राखिएका थिए ।
सभा समापन अवसरमा सभाका उपाध्यक्ष तथा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सामुहिक प्रयत्नले मात्र परिणाम ल्याउन सकिने भएकोले स्वीकृत कार्यक्रमलाई सबैले अपनत्व गरेर कार्यान्वयनमा लाग्नुपर्ने बताए ।
असार ४ गते महानगरको सातौं अधिवेशन शुरु भएको थियो । पहिलाे दिन काठमाडाैं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दोश्रो बैठकमा नीति कार्यक्रममा छलफल गरिएको थियो ।
असार १० गते आयोजना गरिएको अर्को बैठकमा मेयर शाक्यले आर्थिक बिधेयक र उपमेयर श्रेष्ठले बजेट र बिनियोजन बिधेयक पेश गरेका थिए ।
असार १८ गते तेश्रो बैठकले आर्थिक बिधेयक पारित गरेकाे थियाे भने असार २१ गतेको बैठकले बजेट तथा कार्यक्रम, बिनियोजन बिधेयकमाथि छलफल गरेको थियो ।
बैठकको कार्यसूचीमा बिबिधसहित ६ वटा बिषय समावेश थिए । सदस्यहरुले दिएका सुझाव समेटेर संशोधनसहित बिधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।