गंगालाल अस्पतालमा ७ जना संक्रमित, इमर्जेन्सी बाहेक सबै सेवा बन्द

२२ असार, काठमाडाैं ।

गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचारका लागि आएका विरामीमा कोरोना संक्रमण देखिएको छ ।

हिजो अस्पतालया इमर्जेन्सीमा ल्याएका २५ जनामध्ये ७ जनामा कोरोना संक्रमण देखिएको छ । इर्मजेन्सीमा ल्याइएकाहरुमा कोरोना संक्रमण भेट्टिए लगत्तै अस्पतालका चिकित्सक र नर्सहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने अस्पतालले जानकारी दिएको छ ।

गत असार १५ गते पनि २ जनमा कोरोना संक्रमण देखिएको थियो भने उनिहरुलाई काठमाडौंका अन्य अस्पतालमा रिफर गरी आइसोलेसनमा राखिएको थियो ।

अचानक ७ जनमा कोरोना संक्रमण देखिएकोले अस्पतालभित्र एककिसिमको आतंक सिर्जना भएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामी आउनासाथ आजदेखि अस्पतालको इमर्जेन्सी बाहेक सबै सेवा बन्द रहने सुचनापनि हिजो नै अस्पताल प्रशासनद्वारा सुचना टाँसेको थियो ।

हिजो संक्रमण देखिएकाहरुलाई अलग्गै जनरल वार्डमा राखिएको छ । उनीहरुलाई अर्को आइसोलेसन भएको अस्पतालमा रिफर गर्ने तयारी भइरहेको समाचार छ ।

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आइसोलेसन वार्ड नभएको कारणले हिजो संक्रमित भएकाहरुलाई अर्को अस्पतालमा पठाउने तयारी भएको हो । तर कता पठाउने भन्ने बारे निर्णय भइनसकेको कुरा बाहिर आएको छ ।

अस्पतालमा पहिला नै भर्ना भईरहेकालाई पनि धमाधम डिस्चार्ज गर्दै घर पठाउने कार्य सुरु भएको छ । अस्पतालका चिकित्सकहरुले अब घरभन्दा अस्पतालमा धेरै खतरा देखिएको भन्दै डिस्चार्ज गर्ने कार्य सुरु गरको छ ।

७ जनामा एकैपटक कोरोना देखिनासाथ चिकित्सक र नर्सहरुसमेत आतंकित भइरहेका छन् । अस्पतालको आइसीयु वार्ड सबै सिल गरी त्यहाँ सम्बन्धित बाहेक अरु कसैलाई भित्र जान निषेध गरिएको छ । नर्सहरु पनि आफूलाई कोरोना हुने त्रासमा परीक्षण र बस्ने व्यवस्था गर्न दौडधुप भइरहेकोले अस्पतालमा विरामीहरुले राम्रोसँग सेवा प्राप्त गर्न सकिरहेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *