२३ असार, काठमाडाैं ।
करुणामय बुंगद्यः (रातोमच्छिन्द्रनाथ)को रथारोहण स्थगित गर्न गुठी संस्थानले पत्र काटेको छ ।
असार २४ गते रथारोहणको साइतसमेत निकालिसकेको अब आएर स्थगित हुने भएको छ ।
असार २४ गते पाटनको तःबहाको सत्तलमा राखिएको करुणामय पुल्चोकमा बनाइएको रथमा रथारोहण गराउने तय भएको थियो। तर रथ यात्रा कहिले गर्ने भन्ने निश्चित भएको थिएन।
ललितपुर जिल्ला प्रशासन कार्यालय ९सिडिओ०मा आज बसेको बैठकले करुणामयको रथारोहण र रथ निर्माणका सम्पूर्ण कार्य बन्द गराउने निर्णय गरको छ ।
गुथि संस्थानले आज नै पुजारीहरुलाई रथारोहण स्थगित गर्न पत्रचार गरी जानकारी दिइसकेको छ । संस्थानका ललितपुर जिल्ला प्रमुख राजन भुजुले आज मंगलबार सिडिओ कार्यालयमा बसेको बैठकले २४ गते रथारोहण र सो सम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय भएको कुरा उल्लेख गर्दै पुजारीहरुलाई पत्राचार गरेको छ । संस्थानले कोटेको पत्रमा भने कुनै कारण देखाएको छैन ।
कोरोना संक्रमण बढिरहेको बेला रथयात्रा भए संक्रमण फैलिनसक्ने आशंका व्यक्त भइरहेका थिए। उपत्यकामा सोमबारमात्रै ५४ जनामा संक्रमण पुष्टि भएको थियो। पाटनमामात्रै २० जनामा संक्रमण देखिएको थियो। उपत्यकामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमितको संख्या बढेसँगै रथारोहण स्थगित गरिएको आशंका गरिएको छ।
गत असार १ गतेदेखि सरकारले लकडाउन परिमार्जन गरेर खुकुलो बनाएको थियो । जोर बिजोर प्रणालीमा सवारीसाधन भिडभाड बाक्लिन थालेको छ । स्वास्थ्य मन्त्रालयले भौतिक दूरी कायम गर्न, मास्क लगाउन र साबुनपानीले बारम्बार हात धुने वा सम्भव नभए सेनिटाईजरको प्रयोग गर्न अनुरोध गरीरहेको छ ।