२५ असार, काठमाडाैं ।
रातोमच्छिन्द्रनाथको रथयात्रा स्थागित नहुने भएको छ ।
गुठी संस्थानको शाखा कार्यालय ललिपुरले रातो मच्छिन्द्रनाथको रथारोहणसहित सम्पूर्ण कार्य रोक्न दिएको पत्रमा अन्यथा भएको जानकारी दिएको छ ।
सरोकारवाला सबैमा रथारोहण अर्को साइतमा हुने व्यहोरासहित गुठी संस्थानले जारी गरेको सुचनामा उल्लेख भएको छ ।
यसअघि असार २३ गते करुणामय बुंगद्यः (रातोमच्छिन्द्रनाथ)को रथारोहण स्थगित गर्न गुठी संस्थानले पत्र काटेको थियो ।

असार २४ गते रथारोहणको साइतसमेत निकालिसकेको उक्त पत्रपश्चात रथारोहण स्थगित गरिएको थियो ।

गुथि संस्थानले सबै सरोकारवालाहरुलाई अर्को साइतमा रथारोहण हुने भनी सुचना जारी दिइसकेको छ । संस्थानका ललितपुर जिल्ला प्रमुख राजन भुजुले सरोकारवालाहरुलाई रथारोहण स्थगित गर्ने काटेको पत्रमा अन्यथा भएको भन्दै हिजो बुधबार पुनः सुचना जारी गरेको थियो ।
गत असार १ गतेदेखि सरकारले लकडाउन परिमार्जन गरेर खुकुलो बनाएको थियो । जोर बिजोर प्रणालीमा सवारीसाधन भिडभाड बाक्लिन थालेको छ । स्वास्थ्य मन्त्रालयले भौतिक दूरी कायम गर्न, मास्क लगाउन र साबुनपानीले बारम्बार हात धुने वा सम्भव नभए सेनिटाईजरको प्रयोग गर्न अनुरोध गरीरहेको छ ।