बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमित

२८ असार, काठमाडाैं ।

बलिउडका अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएका छन् ।

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनी भारतको नानावती अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जानाएका छन् ।

अभिनेता बच्चनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरु तथा परिवारका सदस्यहरुमा समेत कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भनेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

सामाजिक सञ्जाल मार्फत उनले पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि जनाएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

७७ बर्षीय बच्चन अभिनित चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायतका चलचित्रहरु रिलिजको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *