बलिउड महानायक अमिताभ बच्चनसँगै अभिषेक बच्चनपनि काेराेणा संक्रमित

२८ असार, काठमाडाैं ।

बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छाेरा अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको छ।

अमिताभ बच्चनकाे सामाजिक सञ्जालमा दिएकाे जानकारी लगत्तै उनका छाेरा बलिउड अभिनेता अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना पाेजेटिभ भएको जानकारी दिएका हुन्।

हाल उनीहरुलाई मुम्बइकाे नानावटी अस्पताल भर्ना गरिएको छ। बच्चन परिवारका अन्य सदस्य र उनीहरुका नजिकको मानिसहरुको कोरोना परीक्षण भइरहेको  छ।

अमिताभ बच्चनलाइ स्वासप्रस्वासमा अलि समस्या अाएकाेले शनिवार राती १० बजे अस्पताल लगेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।’

अमिताभ र अभिषेक बच्चन काेराेना संक्रमित भएलगत्तै बलिउड साथै बिभिन्न नेताहरूले उनीहरूकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् ।

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन, महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडवाणीलगायतले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्य लाभकाे कामनासहित प्रार्थना समेत गरेका छन् ।

यो पनि : बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमित

Leave a Reply

Your email address will not be published. Required fields are marked *