सती प्रथा

नेपालमा कानूनीरुपमा सति प्रथा अन्त्य भएको १०० वर्ष पुरा भएको छ । श्री ३ चन्द्रशमशेरले धर्मको नाममा सति जाने प्रथा १९७७ असार २५ गतेदेखि पूर्णरुममा रोकेका थिए ।

पति मरेपछि जिउँदै जल्नुपर्ने त्यो क्रुर अमानवीय प्रथाबाट नेपाली महिलालाई मुक्त गर्ने चन्द्र शमसेरले त्यो समयको चेतना अनुसार एक कदम प्रगतशील कदम चालेका हुन् ।

हिन्दु देवी सतीबाट नै सती शब्द आएको हो । सतीको शाब्दिक अर्थ असल पत्नी हुन्छ । सती शब्द नितान्त संस्कृत शब्द हो ।

सतीदेवीले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् ।

श्रीमानको मृत्युपश्चात जिउँदै श्रीमतीलाई श्रीमान्को लाससँगै जलाउने वा जल्न दिने प्रथा नै सती–प्रथा हो । नेपालमा सती–प्रथा कहिलेदेखि सुरु भएको यकिनका साथ भन्ने कुनै आधार छैन । नेपालमा हजारौं वर्षसम्म चलेको सती–प्रथाको अन्त्य भएको भने एक शताव्दी भयो ।

प्राचीन वैदिककालदेखि चल्दै आएको सती–प्रथा हिन्दु समाजमा नैतिक कानुन जस्तै हुँदै आएको थियो । बि सं १९१०मा जंगबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी सतीप्रथामा रोक लगाएका थिए । तर उनको मृत्युपश्चात उनका ४२ रानीलाई सती पठाइएका ऐतिहासिक तथ्यहरू भेटिन्छन् ।

जंगबहादुर राणाले १६ बर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए । यद्यपि बि सं१९७७ सालमा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ ।

सतीप्रथाबारे इतिहासमा उल्लेख भएको सबैभन्दा पुरानो समय भनेको लिच्छवीकाल हो । मानदेवका बाबु धर्मदेवको अकस्मात् मृत्यु भएपछि उनमी रानी राज्यवती सती जान खोजेको तर मानदेव आमालाई सती जानबाट रोकेको इतिहासमा उल्लेख गरेको पाइन्छ । यसबाट त्यसबेला सतीप्रथा थियो तर त्यो अनिवार्य थिएन भन्ने स्पष्ट हुन्छ ।

त्यस्तै गरी लिच्छविकालका प्रसिद्ध शासक भौमगुप्तकी आमा आभीरी पति अनुपरमको मृत्यु भएपछि सती नगई धर्मकर्म गरी बसेका थिए । लिच्छविकालमा सतीप्रथामा खासै जोड दिएको देखिन्दैन । लिच्छविकालका प्रसिद्ध राजा जयदेव ९द्वीतीय० की आमा वत्सदेवी पनि आफ्ना पति राजा शिवदेव ९द्वितिय० को मृत्युपछि सती नगई धर्मकर्म गरि बसेको इतिहासमा उल्लेख छ ।

राजा यक्ष मल्लले वि।सं। १५३३ मा राखेको शिलापत्रमा सती गएका नारीको उल्लेख पाइन्छ । यक्ष मल्लकी रानी कीर्तिलक्ष्मीको वि।सं। १५४४ को शिलालेखबाट पतिको मृत्युपछि सती नगई सतीव्रतमा रहेको उल्लेख पाइन्छ ।

काठमाडौका राजा महेन्द्र मल्लको वि।सं। १६३१ मा मृत्यु हुँदा, भक्तपुरका राजा जगत्प्रकास मल्लको वि।सं। १७२९ मा मृत्युहुँदा, काठमाडौका राजा नृपेन्द्र मल्लको वि।सं। १७३७ मा मृत्यु हुँदा, पाटनका राजा योगनरेन्द्र मल्लको वि।सं। १७६२ मा मृत्यु हुँदा धेरै स्त्रीहरु सती गएको बयान पाइन्छ ।

वि।सं। १७४४ मा काठमाडौका राजा पार्थिवेन्द्र मल्ल विषप्रयोगद्वारा मारिँदा उनीसँग २४ वटी स्त्री सती गएका थिए । तर काजी लक्ष्मीनारायण जोशीसँग मिली पति पार्थिवेन्द्रलाई विषप्रयोग गर्ने काममा लागेकी रानी ऋद्घलिक्ष्मी भने सती गइनन् र पतिको मृत्यु भएको धेरै वर्षसम्म बाँचिरहिन् ।

जिउँदो मानिसले शवसँगै डढ्नुपर्ने हुनाले सतीहरु चिच्याउँदा सुनिने आवाजलाई मत्थर पार्न ठुलोठुलो स्वरमा बाजा बजाइन्थ्यो । आगोको राप सहन नसकेर सतीहरु भाग्ने पनि गर्थे ।
वि।सं। १७३७ मा चौतार चिकुटिका बाबु खोरतमको मृत्यु हुँदा सती पठाइएकी पत्नी चिताबाट भागिन् भन्ने इतिहासमा वर्णन गरेकाे पाइन्छ ।

विसं. १८१७ मा पाटनका राजा विश्वजित् मल्लले आत्महत्या गर्दा उनकी आमा सती गएको वर्णन पाइन्छ । विसं. १७९९ मा गोरखाका राजा नरभुपाल शाहको मृत्यु हुँदा उनकी कान्छी रानी सुभद्रावती सती गइन् ।

त्यस्तै नरभुपाल शाहसँग उनलाई स्याहारसुसार गर्ने एउटा केटो पनि सहगमन गरी सतु भयो । नरभुपाल शाहका अरु रानीहरु भने सती नगई सतीव्रतमा रहिरहे ।

इतिहासमा पृथ्वीनारायणा शाहको वि।सं। १८३१ मा मृत्यु हुँदा उनकी महारानी नरेन्द्रलक्ष्मीसहित निकै स्त्रीहरु सती गएको उल्लेख छ । श्री ५ प्रतापसिंह शाहको वि।सं १८३४ मा मृत्यु हुँदा आठवटी स्त्रीहरु सती गए तर उनकी महारानी राजेन्द्रलक्ष्मी सती नगएको इतिकासका जानकार बताउँछन् ।

रणबहादुर शाह आफ्ना सौतेने भाइ शेरबहादुर शाहको हातबाट वि।सं। १८६३ मा मारिँदा माहिली महारानी सुर्वणप्रभा सहित धेरै स्त्रीहरु सहगमन गरे । हेलम्बुम निकालिएकी रणबहादुरकी जेठी महारानी राजराजेश्वरीलाई त्यहाँबाट ल्याएर रणबहादुर शाहको मृत्यु भएको नवौँ दिनमा सती पठाइयो तर कान्छी महारानी ललितत्रिपुरसुन्दरीलाई सती नगएको पनि पढ्न पाइन्छ ।

प्राचीनकालदेखिको सतीविषयक कुराको विचार गर्दा कोही सती जान्थे, कोही सतीधर्ममा रहन्थे भन्ने स्पष्ट हुन्छ । आफ्नो अनुकुल नभएकालाई खत्तम गर्न सतीप्रथाको प्रयोग हुन्थ्यो भन्ने कुरा पनि तात्कालिक घटनाको अनुगमन गर्दा स्पष्ट हुन्छ ।

प्रधानमन्त्री जङ्गबहादुर सतीप्रथाका विरोधी थिए । उनले आफुले बनाएको मुलुकी ऐनमा सतीप्रथालाई निरुत्साहित गर्न निकै कुरा लेखे तथा आफ्ना मानिसको मृत्यु हुँदा उनका पत्नीहरुलाई सती जानवाट रोके पनि । तर वि।सं। १९३३ मा श्री ३ जङ्गबहादुरको मृत्यु हुँदा उनका श्री ३ बडामहारानी हिरण्यगर्भदेवी आदि रानीहरु सती गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *